×

NMB BANK
NIC ASIA

छैन कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ । उनी सुत्केरी भएपछि दुई महिना बिदामा बसिन् । तीन महिनादेखि उनले बच्चा लिएर कार्यालयमा हाजिर भइन्।

Muktinath Bank

'म कार्यालयको पछाडिपट्टिको बरण्डामा घरबाट ल्याएको खाटमा बच्चा राख्थेँ, खुला ठाउँ गर्मीमा घाम, हिउँदमा सिरेटो, अनि लामखुट्टेले टोक्थे', उनी सम्झन्छिन्, 'बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो । कहिलेकाहीँ दूध चुसाइरहेको समयमा मानिस आए बच्चालाई पेटभरि दूध खुवाउँदैनथेँ ।'
 
तर आजभोलि चौधरीलाई ढुक्क छ । बच्चाले घरमाजस्तै श्ययामा सुतेर दूध चुस्न पाएको छ । निदाउँदा झुलुङ्गामा सुत्छ । 'बच्चालाई आराम भएको छ । मलाई पनि आनन्द भएको छ', उनी थप्छिन्, 'हरेक कार्यालयमा यस्तो सुविधा होस्, महिला कर्मचारीका समस्याबारे ध्यान दिइयोस् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राधामात्र होइन स्तनपानकक्ष स्थापनापछि सेवा लिन आउने महिलालाई राहत भएको छ ।


Advertisment
Nabil box
Kumari

टीकापुर–३ शङ्करपुरकी सुरक्षा विकले छोरी जन्माइन् । उनी छोरीको जन्मदर्ता गर्न र हाम्री छोरी प्यारी छोरी कार्यक्रममा खाता खोल्नका लागि नगरपालिका आइन् । 'म नगरपालिका झण्डै चार घण्टा बसेँ, मलाई छोरीलाई दूध कसरी चुसाउने भन्ने तनाव थियो', सुरक्षाले भनिन्, 'स्तनपानकक्ष रहेछ । तीन महिनाकी छोरी दूध चुसाएपछि निदाइन्, मैले सबै काम भ्याएँ, खुशी लाग्यो ।' 

Vianet communication
Laxmi Bank

कैलालीको टीकापुर नगरपालिका कार्यालयमा स्तनपानकक्ष सञ्चालनमा आएपछि उनीहरूलाई स्तनपान गराउन सहज भएको हो  । नगरपालिकाले महिला कर्मचारी र कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीलाई स्तनपानका लागि  सहज बनाउन गत असार महिनामा सो कक्षको निर्माण गरेको थियो  । स्तनपानकक्षमा शिशुलाई सुताउन मिल्ने श्यया,  खेलाउने झुलुङ्गा र केही खेलौना राखिएका छन् । 

सरकारले सबै सरकारी कायालयलाई महिलामैत्री बनाउन स्तनपानकक्ष स्थापना गर्न निर्देशन दिएको छ । तर कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष छैन । अब कार्यालयमा आउने सेवाग्राही महिला पनि बच्चा बोकेर आए अब स्तनपान गराउन सहज वातावरण तयार भएको छ ।

'आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुन्छ । आमाको दूध शिशुका लागि अमृत समान हुने भएकाले स्तनपानकक्ष निर्माण गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवाली बताउँछिन्, 'स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ तर काममा हिँड्नुपर्ने, कामकाजी आमाका लागि हरेक कार्यालयमा स्तनपान गराउने वातावरण आवश्यक छ ।'

उनले स्नतपानको महत्व बुझाउन नगरपालिकाले स्तनपान सप्ताहसमेत शुरु गरेको बताइन् । 'छ महिना पूरा भएपछि आमाको दूधका साथसाथै थप पोषिलो आहार खुवाउन आवश्यक हुन्छ, कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनुपर्छ भनी बस्तीस्तरमा सिकाउन थालेका छौँ', उनले भनिन्, 'अबको एक साता स्तनपानबारे छलफल थालेका छौँ ।' दुर्गा देवकोटा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x