सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
आइतवार बिहान ९ बजेर ४० मिनेटमा अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका थिए ।
दुवै अध्यक्षबीच वरिष्ठ नेता झलनाथ खनालले मध्यस्थता गरिरहेका छन् । भेटवार्तामा महासचिव विष्णु पौडेल पनि सँगै रहेको स्रोतको दाबी छ ।
नेकपाभित्र ओली र ओलीइतर समूहबीचको संघर्ष उत्कर्षमा पुगेपछि गत असार १० गतेदेखि बोलाइएको स्थायी कमिटी बैठक पटक-पटक स्थगनको मारमा परेको छ ।
अध्यक्षद्वयबीचको छलफलमा स्थायी कमिटी बैठक सुचारू गर्ने, केन्द्रीय कमिटी बैठकका बारेमा निर्णय लिने लगायतका विषयहरू रहेका छन् ।
गत १३ गते मंगलवार यता नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन ।
लोकान्तर संवाददाता