भारतको एक सडकमा हिँडिरहेका बेलामा एक व्यक्ति अचानक ३० फीट माथि उड्दै एक महिलामाथि बज्रिएका छन् ।
हिँड्दै गर्दा उनले तार टेक्न पुगेका थिए र उक्त तारलाई एउटा बाइकले लतारेको थियो ।
सीसीटीभी फूटेजमा ती व्यक्ति तारमा अल्झिएर मोटरसाइकलले लतारेपछि हावामा हुर्रिएको देखिन्छ ।
उनी हावामा उड्छन् अनि सडकको अर्को छेउमा हिँडिरहेकी महिलामाथि बज्रिन पुग्छन् ।
पुरुष र महिलालाई अनौठो दुर्घटनाले चोटपटक लगाउँछ ।
शुरूमा ती व्यक्ति सडकछेउमा पार्क गरेर राखिएको हरियो पहेंलो रिक्साबाट निस्केको देखिन्छ । त्यसैबेलामा एक ट्य्राक्टर र दुई मोटरसाइकल गइरहेका हुन्छन् ।
एउटा बाइक सडकमा फालिएको तारमाथि दौडिन्छ । त्यही बेलामा तार टेक्न पुगेका व्यक्ति हावामा हुर्रिन्छन् ।
तारले उनलाई पेटमुनिबाट उचाल्छ र महिलातर्फ हुर्याइदिन्छ ।
महिलाले पुरुष उड्दै आफूतिर आएको त देख्छिन् तर जोगिन समय पाउँदिनन् ।
घटना १६ दिन अघि बिहान पौने १२ बजेतिर भएको हो ।
एजेन्सी