×

NMB BANK
NIC ASIA

सचिव अर्यालको बोल्ड कदमः काठमाडौं महानगरको अस्वभाविक भत्ता व्यापक कटौटी, वार्षिक सात करोड बचत हुने

साउन १८, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले अस्वभाविक भत्तामा व्यापक कटौति गरेको छ।

Muktinath Bank

महानगरका प्रमुख प्रशासकीय अधिकृत, सचिव एकनारायण अर्यालले आइतबार वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत भत्ता यथावत राखेर बाँकी सबै भत्ता कटौती गर्ने निर्णय गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबाट महानगरको वार्षिक सात करोड रुपैयाँ बचत हुने आँकलन गरिएको छ। यो निर्णय साउन महिनादेखि नै लागू हुने महानगरले जनाएको छ। 


Advertisment
Nabil box
Kumari

वातावरण विभाग अन्तर्गत चालक र कुचिकारका लागि भने सुरु तलब स्केलको ५० प्रतिशत थप भत्ता उपलब्ध गराइनेछ।

Vianet communication
Laxmi Bank

त्यस्तै, सहरी स्वास्थ्य महाशाखा अन्तर्गत कोभिड-१९ को काममा प्रत्यक्ष संलग्न  कर्मचारीलाई पनि सुरुको तलब स्केलको ५० प्रतिशत भत्ता उपलब्ध गराइनेछ। त्यसका लागि सम्वद्ध महाशाखा प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।त्यसका लागि सम्वद्ध महाशाखा प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।

‘महालेखा परीक्षकको कार्यालयको बेरुजू सम्बन्धि प्रतिवेदन र सरकारको खर्च मितव्ययिता गर्ने नीति अनुसार प्रशासन विभागको राय बमोजिम भत्ताको हकमा दोहोरो नपर्ने गरी वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत यथावत राखेर हाललाई अन्य सबै भत्ता कटौती गर्ने निर्णय भएको छ,’ महानगरको निर्णय कपीमा भनिएको छ।

यसैगरी, अब गाडीको हकमा इन्धन पुनरावलोकन गरिने भएको छ। 

यसअघि किलोमिटर अनुसार इन्धन उपलब्ध गराइँदै आएकोमा इन्धन पुनरावलोकन गर्न महानगरका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

जसको सदस्यमा इन्जिनियर प्रमोद डंगोल र  लेखा अधिकृत श्याम न्यौपाने सदस्य छन्। कार्यदललाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ।

महानगरका सहसचिव राजेश्वर ज्ञवाली हाललाई इन्धनमा कटाैती गरिएकाेमा  कार्यदलकाे प्रतिवेदन पेश भइसकेपछि फेरि कटाैती हुने आधार रहेकाे बताउँछन्। 

हाल महानगरका प्रमुख प्रशासकीय अधिकृतले मासिक एक सय लिटर, सहसचिवले ८० लिटर पाउने छन् भने विभागीय प्रमुख-महाशाखा प्रमुख तथा महानगरका गाडीमा ७० लिटर इन्धन हुनेछ। त्यस्तै, मोटरसाइकल प्रयोगकर्ताले प्रतिव्यक्ति १० लिटर मात्र इन्धन पाउने छन्।

महानगरको कामको शिलशिलामा उपत्यका बाहिर जानु परेमा र थप सवारीसाधन प्रयोग गर्नुपरेमा अधिकार प्राप्त अधिकारीको स्वीकृतिका थप इन्धन उपलब्ध गराइने भएको छ।

महानगरले नगर कार्यपालिकाको बैठकमा प्रतिव्यक्ति २ सय ५० र अन्य बैठकको हकमा प्रतिव्यक्ति १ सय ५० का दरले खाजा उपलब्ध गराउने निर्णय गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x