लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

प्रतिकार्यात्मक तस्वीर।

कन्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई  बेलौरी नगरपालिका–१० सडकघाटबाट पक्राउ गरेको छ। 

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआइटी) ले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। 


Advertisement

भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापाले बताए। 

पक्राउ गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्