रक्षाबन्धन बाँधिदिन घरघरमा गए पण्डितलाई २७ दिन क्वारेन्टाइनमा राखिने !

ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षझैं यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो ।​

रक्षा बन्धनको दिन सबैको घरघरमा गएर धागो बाधिँदिँदा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेतराम उपाध्यायले बताए।


Advertisement

यही साउन १९ गते परेको रक्षा बन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो ।

यसपालिको रक्षा बन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ ।


Advertisement

ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टीनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।

जिल्लावासी सबैलाई यसपालिको रक्षा बन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्ष समेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए।

रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो ।

जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्