बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन स्वास्थ्य  मन्त्रालयको आह्वान

फाइल फोटो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आह्वान गरेको छ। 

काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई घर बाहिर नस्किन आग्रह गरेको हो।


Advertisement

नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं तथा धेरै जनधनत्व भएको ठाउँहरुका मानिस घर बाहिर ननिस्कन आग्रह गरे।

आइतबार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै देशभर २० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्