मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
नेपालका पहाडमा पाइने जडिबुटीमा सिलाजितको विशिष्ट स्थान छ।
आयुर्वेदमा सिलाजितको खुब प्रशंसा गरिएको छ र यसलाई जडिबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ ।
रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि सिलाजितको बडो महत्व छ । यौन दुर्बल अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ ।
विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ ।
उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।
शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गोली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्न दोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।
शीघ्र स्खलनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजित खानुपर्छ ।
आयुर्वेदका अनुसार सिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दा खेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ ।
यो तीतो, कसिएको र तातो हुन्छ । सिलाजितको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।
यसको सेवनले सेक्स पावर मात्र बढ्ने नभई बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् ।
शिलाजित चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजित गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ ।
पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।
शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेयपदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।
त्यस्तै राति जागा बस्ने, बिहान ढिलोसम्म सुत्ने, मलमूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम गने पनि गर्नु हुँदैन ।
बजारमा शिलाजितका नाममा जे पायो त्यही वस्तु पनि पाइन्छन् । आधिकारिक ठाउँबाट मात्र शिलाजीत किन्नु उपयुक्त हुन्छ । सिंहदरबार वैद्यखानामा पाइने शिलाजीत शुद्धताको कसीमा खरो उत्रिएकाले त्यहाँबाट किन्ने सल्लाह दिइन्छ ।
एजेन्सीको सहयोगमा
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...