मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ ।
आइतबार साँझ ६ बजेदेखि सुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी नेपालीसमेत प्रत्यक्ष प्रभावित बनेका छन् ।
अस्ट्रेलियाका अन्य राज्यहरूमा भाइरस संक्रमण कम भइरहेको भए पनि भिक्टोरियामा करिब एक महिनादेखि पुनः ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । आइतबार पत्रकार सम्मेलनमा प्रिमियर ड्यानियल एन्ड्रिजले बढिरहेको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चस्तरको लकडाउन घोषणा गर्नुपरेको सुनाए ।
भिक्टोरियामा मात्र अहिलेसम्म ६ हजार ३ सय बढी सक्रिय संक्रमणका बिरामी रहेका छन् । ६ सय ७१ जनामा बितेको २४ घण्टामा संक्रमण पत्ता लागेको हो । यस राज्यमा मात्र अहिलेसम्म १ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ५ जना अस्पतालमा छन जसमध्ये ३ को आईसीयूमा उपचार भइरहेको छ ।
मेलबर्नमा एकाउन्टिङ व्यवसाय गर्दै आएका योगेन अधिकारीले सोमबारदेखि कार्यलय पूर्णतः बन्द हुने जनाए । उनी आफ्ना दर्जनौं ग्राहकको काम भए पनि लकडाउनका कारण कार्यालय जान नपाएपछि आफ्नो व्यवसाय प्रभावित हुने सुनाउँछन् । ‘सरकारले जे गरिरहेको छ त्यो सबै सर्वसाधारणको सुरक्षाका लागि भएकाले समेत हामीले सरकारको निर्णयलाई पालना गरेर सहयोग गर्नु आवश्यक छ,’ उनीहरू भन्छन् ।
मेलबर्नका स्थानीय बासिन्दा प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल सरकारले यो निर्णयले यहाँ रहेका अनुमानित ५० हजार बढी नेपाली प्रत्यक्ष प्रभावित हुने सुनाउँछन् ।
‘हामी सरकारले प्रदान गर्ने जबसिकरलगायतका सुविधा पाउन सक्ने नागरिकलाई केही नहोला तर विद्यार्थीलाई यसले धेरै असर पार्ने पक्का छ,’ उनले कान्तिपुरसँग भने । भिक्टोरियामा अहिलेसम्म करिब ३ दर्जन नेपालीमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष कँडेल यो संख्या अझ धेरै हुन सक्ने बताउँछन् । कान्तिपुर दैनिकमा नारायण खड्काले खबर लेखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...