माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु–कश्मीरको विशेषाधिकार अन्त्य गरेको बिहीबार एक वर्ष पुग्दै छ । गत वर्ष भारत सरकारले संविधानमा रहेको धारा ३७० र ३५ (क) खारेज गरिएको थियो ।
उक्त खारेजीसँगै जम्मु–कश्मीर राज्यले विगत ७ दशकदेखि पाउँदै आएको विशेष राज्यको मान्यतासहितको अधिकारको अन्त्य भएको थियो । मोदी सरकारले ती निर्णयसँगै जम्मु–कश्मीर राज्यलाई दुईवटा केन्द्रशासित राज्यहरूमा जम्मु–कश्मीर र लेह–लद्दाखमा समेत विभाजन गरिदियो ।
विशेषाधिकार खारेज गर्ने निर्णयलाई असंवैधानिक भन्दै त्यहाँका राजनीतिक दलहरूले सुरुदेखि नै विरोध गरेका थिए । यसले जम्मु–कश्मीरका नागरिकहरूको हकअधिकार हनन भएको भन्दै उनीहरूले विरोध अझै कायम नै राखेका छन् । तर विशेष राज्यसँगै कसलाई राज्यको स्थायी बासिन्दा मान्ने वा नमान्नेसम्बन्धी अधिकारको खारेजीले अन्य राज्यका नागरिकहरूलाई पनि जम्मु–कश्मीरमा स्थायी रूपमा बस्न पाउने व्यवस्था भयो ।
त्यसका साथै त्यहाँ पुस्तौंदेखि बस्दै आएका केही समुदायहरूले त्यहाँको स्थायी नागरिकसरह नै स्थायी बसोबासलगायतका अधिकार उपभोग गर्नसमेत बाटो खुल्यो । त्यही अधिकार प्रयोग गर्दै नेपालीभाषी गोर्खा समुदायलगायतलाई घरबार जोड्न, राज्यभित्र सरकारी सेवामा प्रवेशदेखि छात्रवृत्तिमा अध्ययन गर्न वञ्चित गरिँदै आएको थियो ।
त्यसैकारण मोदी सरकारको उक्त निर्णयपछि जम्मु–कश्मीरका नेपालीभाषी गोर्खा समुदाय, वाल्मीकि समुदाय र पाकिस्तानबाट आएका मुसलमान शरणार्थीहरूले खुसी व्यक्त गरेका थिए । भारतको गृह मन्त्रालयले स्थायी बसोबास (डोमिसाइल) सम्बन्धी कानुन भने गएको मार्च ३१ मा मात्रै जारी गर्यो । त्यसैका आधारमा मे १८ मा जम्मु–कश्मीर सरकारले त्यसका लागि आवेदन माग गरेको थियो । प्राप्त आवेदनकै आधारमा जून २६ देखि स्थायी बसोबासको प्रमाणपत्र वितरण सुरु गरिएको हो ।
पहिलो चरणमा प्रमाणपत्र पाउनेहरूमा अधिकांश नेपालीभाषी गोर्खा समुदाय एवं वाल्मीकि समुदायकै रहेका बताइएको छ । गोर्खा सभाकी अध्यक्ष करुणा क्षेत्रीले कान्तिपुरसँग कुरा गर्दै आवेदन दिने र बसाबार अनुमति पाउने क्रम जारी रहेको बताइन् । प्रशासनले अनलाइनबाट समेत आवेदन दिने व्यवस्था गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म अनलाइन आवेदनबाट दिएकाहरूमध्ये ३ लाख ७० हजारले त्यस्तो प्रमाणपत्र पाइसकेका छन् । त्यसमध्ये ७ सयभन्दा बढी गोर्खा समुदायको भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जम्मु–कश्मीर क्षेत्रमा दस हजारभन्दा बढी नेपालीभाषी गोर्खाहरू रहेको अनुमान छ ।
डोमिसाइलको निर्णयबाट जम्मु–कश्मीरका गोर्खाली समुदाय आफूहरूले दशकौंदेखि गर्दै आएको माग पूरा भएको भन्दै दंग छन् । उनीहरूले स्थायी बसोबासको अधिकार पाउने भएपछि मात्र आफूहरूको हैसियत अन्यसरह भएको अनुभूत भएको भन्दै खुसी प्रकट गरेका छन् । ‘पहिले कहिले लखेटिने हो कि भन्ने डर थियो, अब त्यो हटेको छ, निकै खुसी छौं, धेरै वर्षदेखि संघर्षको नतिजा हात परेको छ,’ जम्मु–कश्मीर गोर्खा सभाकी अध्यक्ष क्षेत्रीले भनिन् । क्षेत्रीले अबको नयाँ व्यवस्थापछि आफूले पनि प्रमाणपत्र लिने बताइन् । क्षेत्री जस्तै खुसी छन् शंकर सिंह ।
जम्मु–कश्मीर गोर्खा समाजका उपाध्यक्षसमेत रहेका ६७ वर्षीय शंकर सिंह त आफूहरूले बल्ल स्वतन्त्रता पाएको महसुस भएको बताउँछन् । सबै नेपालीभाषी गोर्खाहरूले बल्ल समान हैसियत पाएको अनुभूत गरेको सिंहको भनाइ छ । ‘अब बल्ल हामी समान भएको अनुभव भइरहेको छ, वास्तवमा बल्ल पो स्वतन्त्र भएका छौं,’ सिंहले भने ।
क्षेत्री, पुन र सिंहसँगै जम्मु–कश्मीरका सबै नेपालीभाषी ‘गोर्खा’ मा पछिल्लो निर्णयले खुसीको सञ्चार गरेको छ । उनीहरूले भोग्दै आएको विभेदलाई हेर्ने हो भने यो खुसी स्वाभाविक लाग्छ । स्थायी बसोबासको कागजात नहुँदा उनीहरूले आफू बस्दै आएको घरजग्गासमेत आफ्नो नाममा बनाएका थिएनन् । साथै केही अत्यावश्यक व्यवसाय वा छोराछोरीलाई पढाउनका लागि त्यही घरजग्गा राखेर ऋण लिनसमेत पाउँदैनथे ।
साथै गोर्खा समुदायका छोराछोरीलाई जम्मु–कश्मीर सरकारअन्तर्गतको कुनै पनि जागिरका लागि योग्य मानिँदैनथ्यो । त्यति मात्र होइन, कलेज र विश्वविद्यालयमा छात्रवृत्ति नपाउँदा पढ्नका लागि निकै महँगो शुल्क तिर्नुपर्थ्यो ।
जबकि अन्य स्थानीयले निकै सस्तोमा पढ्न पाउँथे । राज्यमा अवसर नपाउँदा गोर्खाका छोराहरू बाध्य भएर कि त भारतीय सेनामा वा अन्य राज्यमा रोजगारीका लागि जानुपर्ने बाध्यता थियो । तर उनीहरूलाई पञ्चायतदेखि केन्द्रसम्मको चुनावमा भने भोट हाल्ने सुविधा दिइएको थियो ।
जम्मु–कश्मीरमा डोग्रा र मुसलमानपछि आफूहरू नै मूलवासी भए पनि आफूहरूलाई सधैं पराईको व्यवहार गरिएको गोर्खालीहरूको गुनासो छ । ‘भोटचाहिँ हाम्रो चाहिने तर व्यवहारचाहिँ पराई जस्तो गरियो,’ पुनले भने ।
त्यसैगरी नेपालीभाषीहरूको अर्को संस्था गोर्खा सभा जे एक के की अध्यक्ष लीला ठाकुर जमवालले स्थायी बसोबासको प्रमाणपत्र नहुँदा आफ्नै घर र जग्गामा बसे पनि असुरक्षाको भाव कायम रहेको बताइन् । उनले आफूहरू चार पिँढीदेखि जम्मु–कश्मीरमा बस्दै आएको बताइन् । हाल जम्मुको गोर्खा नगर, नयाँबस्ती, मगलमल वाग, उद्यमपुरलगायतका ठाउँमा गरेर करिब दस हजारभन्दा बढी गोर्खा समुदाय रहेको सम्बन्धित संगठनका सदस्यहरूको दाबी छ । हाल नेपालीहरूको सबैभन्दा ठूलो बस्ती भनेको जम्मुको गोर्खा नगर नै हो । जम्मु–कश्मीरका तत्कालीन प्रधानमन्त्री मोहम्मद गलाम बक्सीले नेपालीभाषी गोर्खाहरूलाई अहिले बसेको ठाउँ छुट्याएका थिए । गोर्खा नगरमा करिब ४ सय घर भएको बताउँछन् पुन । उनीहरू स्थायी रूपमा घर बनाएर बस्दै आए पनि स्थायी बसोबासको प्रमाणपत्र नहुँदा त्यसको पूर्ण स्वामित्व उनीहरूसँग थिएन । जसले गर्दा उनीहरूले ती अचल सम्पत्ति किनबेच गर्न पाउँदैनथे ।
जम्मु–कश्मीरमा नेपालीभाषी गोर्खाको आगमनका सम्बन्धमा फरकफरक धारणा रहेको पाइन्छ । तर धेरैजसोले गोर्खा राज्य विस्तार क्रममा गोर्खाली सैनिकहरू जम्मु–कश्मीरसम्म पुगेको र पछि सुगौली सन्धिपछि केही गोर्खा सैनिकहरू पन्जाबका राजा रणजित सिंहको सेनामा भर्ना भएको दाबी गर्छन् । त्यहीबेलादेखि नै नेपालीभाषी गोर्खाहरू जम्मु–कश्मीरमा बस्न थालेको बताइन्छ । पछि जम्मु–कश्मीरका डोग्रा राजाहरूले पनि गोर्खालीहरूलाई सेनामा भर्ना गर्न थाले ।
त्यसपछि जम्मु–कश्मीरमा गोर्खालीहरूको उपस्थिति थप बढ्न गयो । त्यसपछि जम्मु–कश्मीरका अन्तिम राजा हरि सिंहका छोरा करण सिंहको विवाहमा पनि नेपालीहरू आएको केहीको भनाइ छ । सिंहले राणा प्रधानमन्त्री मोहनशमशेरकी नातिनी योशो राज्यलक्ष्मीसँग विवाह गरेका थिए । दाइजोमा केही सेवकहरू पठाउने परम्पराअनुसार केही नेपालीहरू पनि योशा राज्यलक्ष्मीसँगै जम्मु–कश्मीर आएको एकथरीको दाबी छ ।
जम्मु–कश्मीर गोर्खा समाजकी अध्यक्ष करुणा क्षेत्री भने सन् १८५७ देखि फौजकै रूपमा नेपालीहरू जम्मु–कश्मीर आएको बताउँछिन् । उनले तत्कालीन राजा गुलाब सिंहले पन्जाबका राजा रणजित सिंहको सहयोगमा आफ्नो सेनामा गोर्खा पल्टन नै निर्माण गरेको बताइन् । र, हरि सिंहको पालासम्म गोर्खालीहरूलाई निकै ठूलो सम्मान रहेको उनले बताइन् । उनले करण सिंहको विवाहमा दाइजोमा गोर्खालीहरू आएको कुरा आफूले विश्वास नगर्ने बताइन् ।
तर उनले भारत स्वतन्त्र भएर ३७० र ३५ (क) को व्यवस्था लागू भएपछि नेपालीहरूको सामाजिक र आर्थिक हैसियत क्रमशः कमजोर बन्दै गएको भने बताइन् । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...