×

NMB BANK
NIC ASIA

भारतबाट आएर सीधै घरतिर

साउन १९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कञ्चनपुरको पुनर्वास– ११ का शम्भु बोहरा आइतबार भारतको दिल्लीबाट घर फर्किए। उनी गौरीफन्टा सीमा नाकाबाट अटो बुक गरेर सीधै घर गए। ‘हामीलाई त क्वारेन्टाइन बस्न कसैले भनेको छैन। स्थानीय तहका कसैलाई चिन्दा पनि चिन्दिनँ’, बोहराले भने, ‘अब घर जाने त हो नि। घरमा भने क्वारेन्टाइन बस्नुपर्ला।’

Muktinath Bank

उनलाई आफ्नो वडाध्यक्षको नाम थाहा छैन न त मेयरकै। ‘तर, घरका सबैले अहिले भारतबाट आएकाहरू घरमै बसिरहेको भनेर खबर गरेका थिए’, उनले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

० डोटीको जोरायल–३ स्यालाका हरिश विकले १४ दिन क्वारेन्टाइनमा राख्ने कार्य बन्द भएको खबर सुने। त्यही भएर बिरामी आमालाई भेट्न दिल्लीबाट घर आएको उनले सुनाए। ‘आमा बिरामी हुनुहुन्छ। अरूले क्वारेन्टाइनमा बस्नु पर्दैन भनेर घर आएको हुँ’, उनले भने।


Advertisment
Nabil box
Kumari

० बैतडीको मेलौली–१ का नरेश सिंह पनि आइतबार गौरीफन्टा नाका भएर स्वदेश फर्र्किए। उनी होटलमा काम गर्न ६ महिना अघि मात्रै पुना गएका रहेछन्। १५ दिन मात्रै काम गर्दा लकडाउन भएको उनले सुनाए। पुनाबाट ट्रक, बस, पैदल गरी ८ दिनमा गौरीफन्टा आइपुगेका उनले भने, ‘अहिले हाम्रो गाउँमा होम क्वारेन्टाइनमा राख्ने गरिएको छ।’ वडाध्यक्ष सुरतसिह नेगीसँग कुरा गरेको उनले बताए। ‘वडाध्यक्षले पनि होम क्वारेन्टाइन बस्नुहोला भन्नुभएको छ। घरमा गएर थाहा हुन्छ’, उनले भने।

Vianet communication
Laxmi Bank

भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’

बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेका छन् न त घर जाने गाडीको टुंगो छ।

‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै जना चिनजानकै हुन तर कुरा भएको छैन’, ताराले भने, ‘घर कसरी जाने भन्ने चिन्ता भइरहेको छ। हामी त सीधै घर जाने होइन, हामीलाई स्कुल वा खाली घर खोजेरै भए पनि क्वारेन्टाइनमा राखिदिनुपर्छ।’ घरमा बाजे बज्यै, ससाना नानीबाबु पनि रहेको उनले सुनाए। ‘घरमा लसपस भइहाल्छ’, उनले भने, ‘गाउँमा खाली घर खोजी १४ दिन त्यहाँ बसेर मात्रै घर जाने हो।’

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टाइनमा बसाइने गरिएको थियो। तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छोडिदिएका छन।

‘दिनभरिमा एक वडाका दुई–तीन जना आउने गरेका छन। पालिकाहरूले पनि सधै सीमा क्षेत्रमा सवारीसाधन कसरी राखी राखोस्। त्यसैले अहिले भारतबाट फर्केका मानिसहरू आआफ्नो तरिकाले सीधै घर जाने गरेका छन्’, धनगढी उपमहानगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने।

कैलालीको त्रिनगर नाकाबाट मात्रै फागुन २२ देखि साउन १७ गतेसम्म १ लाख ४६ हजार १ सय ४७ जना नेपाली फर्किए। साउन १ गते देखि १७ गतेसम्म गौरीफन्टा नाकाबाट मात्रै ४ हजार ५ सय ७७ जना नेपाल भित्रिएको तथ्यांक छ। तर सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले शनिबारसम्म प्रदेशका ९ वटै जिल्लामा २ हजार ८ सय ७२ जना मात्रै क्वारेन्टाइनमा रहेको जनाएको छ।

मन्त्रालय र भारतबाट १७ दिनमा आएका नागरिकको तथ्यांक हेर्ने हो भने पनि धेरै जना क्वारेन्टाइन नबसी सीधै घर भएको पुष्टि हुन्छ। ‘सीमा क्षेत्रमा होल्डिङ सेन्टर नभएका कारण मानिसहरू सीधै घरघर पुगिरहेका छन्। यो कोरोनाका लागि सबैभन्दा खतराको लक्षण हो’, सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने।

उनले सीमा क्षेत्रका पालिकाहरूले भारतबाट आएका सबैलाई होल्डिङ गर्ने र त्यसपछि पालिका अनुसार पठाउने व्यवस्था नहुँदासम्म कोरोनाको उच्च जोखिम कायमै रहने बताए।

शनिबारसम्म सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा १ हजार १ सय ६, डोटीमा ७ सय १५, अछाममा ६ सय ६७, कञ्चनपुरमा ५ सय २३, बाजुरामा ४ सय ४९, बैतडीमा ३ सय ९, डँडेलधुरामा ३ सय १, बझाङमा १ सय ७४ र दार्चुलामा २२ जना गरी ४ हजार २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। अन्नपूर्ण पोस्टमा शिवराज भट्टले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x