×

NMB BANK
NIC ASIA

माछा मार्न अनुमति पत्रसँगै पोशाक प्रदान

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समुदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २८३ जना बोटे, दराई, कुमाल र थारु समुदायका माछा मार्नेलाई अनुमति पत्र र पोशाक वितरण गरेको हो ।

Muktinath Bank

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले उनीहरुलाई ती सामग्री वितरण गर्नुभएको हो । राष्ट्रिय निकुञ्ज नियमावली २०३० को पहिलो संशोधनमा माछा मारी जीविको चलाउने समुदायलाई वार्षिक रु १०० शुल्क तिरि माछा मार्न दिने व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निकुञ्जले माछा मार्ने अनुमति पत्र ‘लाइसेन्स’ नवीकरण गरी उनीहरुलाई ज्याकेट पनि वितरण गरेको हो । प्रमुखरुपाखेतीका अनुसार माछा मार्ने लागि अनुमति पत्रका साथमा पोसाकको व्यवस्था पहिलो पटक गरिएको हो ।  उनले भने , “यसो गर्दा निकुञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेश गर्नेलाई रोक्न सक्छ ।”


Advertisment
Nabil box
Kumari

पोशाक लगाएर माछा मार्ने गरेपछि टाढैबाट पहिचान हुने भएकाले अनुगमन गर्न पनि सजिलो हुने उनको भनाइ छ । पोशाकमा निकुञ्जको लोगो र परिचय राखिएको छ भने पछाडि परिचयपत्र नम्बर राखिएको छ । निकुञ्जबाट लिइएको परिचयपत्रकै अङ्क पोशाकमा र डुङ्गामा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

अनुमति पत्र लिएकाले बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँछन् । वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन समय भएकाले माछा मार्न रोक लगाईन्छ । अनुमति पत्र र पोशाक लिन आएकाले पुरानाले मात्र नभएर नयाँलाई पनि माछा मार्न अनुमति दिनुपर्ने माग गरेका थिए । सो अवसरमा खैरहनी नगरपालिका–१३ का बुद्धिराम बोटेले आफ्नो परिवार नदीमा आश्रित हुने भएकाले परिवारका अन्य सदस्यलाई पनि अनुमति पत्र दिनुपर्ने बताए । पछिल्ला वर्षहरुमा निकुञ्जले हाते जाल प्रयोग गर्न अनुमति पत्र दिएको छैन ।

अस्पतालमा बीमाका बिरामी बढी 

भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए ।
 
अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन् । आकस्मिक सेवामा बीमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ । यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।
 
गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए । तीमध्ये कतिपय दोहोरिएका पनि छन् । जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएकोे हो । अस्पतालले बीमा विकास बोर्डबाट रु ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ । अन्य रकम भुक्तानीको चरणमा रहेको उनले बताए ।
 
अस्पतालमा आन्तरिक सेवा लिएका कूल बिरामीको ३७ प्रतिशत बीमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ । एकै जना बिरामीले वर्षमा सरदर ४.४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिए । चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन् ।
 
तनहुँ, गोरखा, मकवानपुरलगायतका जिल्लाका कतिपय बिरामीले प्रथम विन्दु नै भरतपुर अस्पताल बनाएको पाइएको छ । सरकारले पछिल्लो समय जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य केन्द्रलाई मात्रै प्रथम विन्दुको स्वीकृत दिएको छ । गत वर्ष अन्य जिल्लाबाट रिफर भएर दुई हजार ६०४ जनाले यहाँबाट सेवा लिएका थिए । यस अस्पतालबाट तीन हजार ६४० जना रिफर भएर अन्य अस्पताल गएको तथ्याङ्क छ ।
 
बीमाको बिरामीको चाप बढ्दै गएको तर व्यवस्थित हुन नसक्दा कतिपय बिरामी सन्तुष्ट हुन नसकेर बीमा कार्यक्रमबाट बाहिरिएको पाइएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी अबको अस्पतालको आम्दानी बीमा र शैक्षिक कार्यक्रम मात्रै हुने भएकाले यी दुवै क्षेत्रलाई व्यवस्थित गर्न अस्पताल लागेको जानकारी दिए । उनले बीमालाई छुट्टै व्यवस्थित विभागको रुपमा विकास गरेर सेवाग्राहीलाई सन्तुष्ट हुने गरी उपचार सेवा दिने बताए ।
 
उनले भने , “हामी बीमालाई तीन महिनाभित्रमा पूर्ण युनिटका रुपमा विकास गर्दैछौँ ।” अनलाइनमार्फत काम गर्ने, बीमाका सहजकर्तामार्फत समस्या बुझेर समाधान गर्ने र बीमाले तोकेका कम्तीमा ९० प्रतिशत औषधि अस्पतालको फार्मेसीबाट उपलब्ध गराउने गरी व्यवस्थित गर्ने अस्पतालले जनाएको छ  ।
 
हाल बीमाले एक हजार १३३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको छ । देशका ५८ जिल्लामा बीमा कार्यक्रम लागू भएको छ । नेपालमा विसं २०७२ चैत १५ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो । चितवन जिल्लामा मात्रै दुई लाख ६० हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । जिल्लाका १२ वटा स्वास्थ्य संस्थाबाट बीमामार्फत उपचार सेवा लिन पाउने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिए । नारायण अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x