बालुवाटारमा आज पनि ओली–प्रचण्ड छलफल, वार्ता सकारात्मक दिशातर्फ

पार्टीभित्र देखिएको समस्या समाधानको विषयलाई लिएर नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार पनि छलफल भइरहेको छ । 

एक हप्ता लामो संवादहीनता चिर्दै अध्यक्षद्वयबीच आइतवार पनि लामो छलफल भएको थियो । 


Advertisement

ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल समेत सहभागी भएर सोमबार पनि छलफल भइरहेको हो । ओलीसँगको छलफलका लागि प्रचण्ड बिहान ९ बजेपछि बालुवाटार पुगेका छन् ।

प्रचण्ड–माधव नेपाल समूहले साउन १३ गते एकतर्फी ढंगले आफूनिटक स्याथी कमिटी सदस्यहरूको बैठक राखेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो । सो दिनदेखिको संवादहीनता तोड्दै आइतवार ओली र प्रचण्डबीच भएको भेटवार्ता सकारात्मक बनेको भेटमा सहभागी नेताहरू खनाल र नेम्वाङले बताएका छन् । 


Advertisement

सहमति जुट्न नसक्दा असार १० गतेदेखि शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्