×

NMB BANK
NIC ASIA

दक्षिण कोरियामा विदेशी बेहुलीहरूमाथि चरम दुर्व्यवहार

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिन्ह नामक महिलाले लमीमार्फत आफ्नो हत्यारा भेटिन् । 

Sagarmatha Cement
Muktinath Bank

उनी २९ वर्षकी थिइन् र उनका पति ५० भन्दा माथिका थिए । उनलाई भियतनामी भाषा मात्र बोल्न आउँथ्यो, पति कोरियाली भाषा बोल्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संवादमा समस्या भए पनि उनीहरूबीच विवाह भएको थियो । सन् २०१८ को नोभेम्बर ४ मा भेटको भोलिपल्टै उनीहरूले भियतनाममा विवाह गरे । 


Advertisment
Nabil box
Kumari

त्यसको सात महिनापछि त्रिन्ह (नाम परिवर्तन) पति शिनसँग दक्षिण कोरिया पुगिन् । त्यसको तीन महिनापछि उनको मृत्यु भयो । 
 

Vianet communication
Laxmi Bank

त्रिन्ह दक्षिण कोरियाली पुरुषहरूसँग विवाह गर्ने हजारौं भियतनामी महिलामध्ये एक हुन् । लमीले मिलाइदिएर उनीहरूको विवाह भएको हो । यस्तो लमी कामलाई दक्षिण कोरियामा प्रोत्साहन गरिने मात्र नभई स्थानीय अधिकारीले यसलाई सब्सिडाइज समेत गर्ने गरेका छन् । 

यसरी विवाह गरेका केही जोडीको विवाह सफल हुन्छ । तर यसरी दक्षिण कोरियाली पुरुषलाई भेट्ने विदेशी दुलहीहरू विभेद, घरेलु हिंसा र हत्याको शिकार पनि भइरहेका छन् । 

आँकडाहरू दुःखदायी तस्वीर देखाउँछन् । ४२ प्रतिशतभन्दा बढी विदेशी पत्नीहरूले शारीरिक, शाब्दिक, यौन तथा आर्थिक दुर्व्यवहार लगायतका घरेलु हिंसा बेहोर्नुपरेको राष्ट्रिय मानवअधिकार आयोगले सन् २०१७ मा बुझाएको प्रतिवेदनले देखाउँछ । तुलनात्मक रूपमा हेर्दा लैंगिक समानता तथा परिवार मन्त्रालयले सर्वेक्षण गरेकोमा २९ प्रतिशत दक्षिण कोरियाली महिला घरेलु हिंसाको शिकार बनेको देखिन्छ । 
 

विज्ञहरूका अनुसार, विभेदकारी नियम अनि समाजमा रहेको लैंगिक तथा जातीय विभेद यसमा दोषी छन् । उनीहरू विदेशी बेहुलीलाई सुरक्षित राख्नका लागि संस्थागत परिवर्तनमा जोड दिइरहेका छन् । 

विदेशी दुलहीहरूले भाषाको भिन्नताका कारण पनि विभेद सहनुपरेको देखिएको छ । 

दक्षिण कोरियामा महिला हुनु सहज छैन । 

वर्ल्ड इकोनोमिक फोरमको पछिल्लो ग्लोबल जेन्डर ग्याप रिपोर्टमा दक्षिण कोरिया ओईसीडी मुलुकहरूमध्ये सबभन्दा तल्लो दर्जामा छ । महिलाका लागि समान राजनीतिक तथा रोजगारी अवसरको अभाव पनि त्यसको एक कारण हो । 

विगत केही वर्षयता मनोरञ्जन जगतका हस्ती, राजनीतिकर्मी र विभिन्न खेलका प्रशिक्षकहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । गहिरो गरी जमेको पितृसत्तात्मक संस्कृतिविरुद्ध आवाज उठाउन यसले प्रेरित गरेको देखिएको छ । 

कोरिया विमेन माइग्रेन्ट्स ह्युमन राइट्स सेन्टरकी प्रमुख ह्यो योङ–सूकका अनुसार, विदेशी महिलाले अनेकौ स्तरमा विभेद सहनुपर्ने हुन्छ । लैंगिक विभेदका साथै जाती विभेद पनि सहने उनीहरूलाई संस्थागत विषयहरूले पनि समस्या निम्त्याउने गरेको छ । 

दक्षिण कोरियालीहरू पश्चिमी मुलुकबाट आफूमाथि जातीय विभेद हुने गरेको बताउँछन् तर आफूभन्दा आर्थिक रूपमा कमजोर देशबाट आएका मानिसलाई चाहिँ उनीहरू आफैं विभेद गरिरहेका हुन्छन् । 
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x