ओली-प्रचण्डबीचको सोमावारको भेटघाटमा पनि जुटेन ठोस सहमति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको आजको भेटवार्ता पनि सहमतिका लागि सहमतिमै सीमित भएको छ ।

पार्टीभित्र गहिरिएको संकट हल गर्न भन्दै आइतवार र सोमवार वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वयले भेटवार्ता गरेका थिए ।


Advertisement

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतवार बिहान करीब ९ बजेदेखि शुरू भएको भेटवार्ता जनैपूर्णिमाको शुभकामना आदानप्रदानका साथ शुरू भएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको संकट सचिवालयबाट हल गर्नुपर्ने अडान राखेका छन् ।


Advertisement

सोमवारको भेटवार्तामा पनि ओली अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पदबाट आफूले राजीनामा नदिने, पार्टीभित्रको विवाद सचिवालयबाट हल गर्नुपर्ने, पटक-पटक स्थगित भएको स्थायी कमिटी बैठक तत्काल सुचारू गर्न नसकिने र केन्द्रीय कमिटीको बैठक बोलाउन नसकिने अडानमा रहेको स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाटै निर्णय गरेर जाऔं न त भनेर राखेको प्रस्तावमा ओली सकारात्मक देखिएका छैनन् । स्रोतले अध्यक्षद्वयबीच संवादको ढोका बन्द नगर्ने सहमति भने बनेको बतायो ।

बैठक सकिएपछि प्रधानमन्त्री ओली आफ्नो भक्तपुरस्थित निजी निवास बालकोट पुगेका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्