कोभिडको असर वर्षौंसम्म रहने विश्व स्वास्थ्य संगठनको भनाइ

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारी लामो समयसम्म जाने र यसको असर सुदूर भविष्यसम्म रहने चेतावनी शनिवार दिएको छ । 

कोभिडका विषयमा अन्तर्राष्ट्रिय स्तरमा चेतावनी दिएको ६ महिनापछि संगठनको आपतकालीन समितिले समीक्षा बैठकपछि यो कुरा बताएको हो । 


Advertisement

समितिले कोभिड–१९ महामारीको समयावधि लामो समयसम्म जाने विषयलाई उजागर गरेको छ, संगठनले बयान जारी गरेर बतायो । विभिन्न देशमा सामाजिक तथा आर्थिक दबाबका कारण कोरोना व्यवस्थापन सुस्त हुने खतरा रहेको पनि उसले बतायो । 

‘विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वव्यापी जोखिम स्तर अत्यन्त उच्च रहेको मूल्यांकन गरेको छ,’ संगठनले बैठकपछि जनायो । 


Advertisement

कोरोनाभाइरसले विश्वभरि लगभग सात लाख मानिसको ज्यान लिइसकेको छ । 

संक्रमण रोक्नका लागि विभिन्न देशले कठोर लकडाउनहरू लगाइरहेका छन् जसकारण अर्थतन्त्रहरू निकै सुस्त बनेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्