×

NMB BANK
NIC ASIA

४५ दिनभित्र टिकटक माइक्रोसफ्टलाई बेच्न ट्रम्पले तोके समय

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको बाइटडान्स कम्पनीको टिकटक माइक्रोसफ्टलाई बेच्नका लागि ४५ दिनको समय दिन मानेको बताइएको छ । 

Muktinath Bank

आइतवार माइक्रोसफ्ट कोर्पले बाइटडान्सबाट लोकप्रिय याप टिकटक किन्न छलफल जारी राख्ने बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएको भए पनि चीनबाट याप पूरै छुट्टिएमा यसको बिक्रीको अनुमति दिने बताएको भनी एक्सियोसले खबर दिएको छ । 
 


Advertisment
Nabil box
Kumari

वाशिङटनमा रहेको विशाल प्रविधि कम्पनी माइक्रोसफ्टका सीईओ सत्य नादेला र ट्रम्पबीच कुराकानी भएपछि माइक्रोसफ्टको बयान आएको हो । टिकटकका अमेरिकी प्रयोगकर्ताहरूका सबै निजी डेटा अमेरिकामा हस्तान्तरण गर्ने र त्यहीँ रहने सुनिश्चितता आफूले गर्ने माइक्रोसफ्टको भनाइ छ । 

Vianet communication
Laxmi Bank

विगत केही महिनादेखि अमेरिकी अधिकारीहरूले चिनियाँ कम्पनीअन्तर्गत टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताउँदै आएका छन् किनकि यसले निजी डेटा संकलन गर्ने विश्वास छ । 

‘माइक्रोसफ्ट राष्ट्रपतिका चिन्ताहरूलाई सम्बोधन गर्नुको महत्त्वलाई पूर्ण रूपमा स्वीकार गर्छ । कम्पनी टिकटकलाई किन्नका लागि पूर्ण सुरक्षा समीक्षा गर्ने तथा अमेरिकालाई उपयुक्त आर्थिक लाभ दिने विषयमा प्रतिबद्ध छ,’ माइक्रोसफ्टले बयानमा लेखेको छ । 
 

सियाटलमा रहेको माइक्रोसफ्टले टिकटक किन्ने विषय टुंगो नलागिसकेको बतायो । सेप्टेम्बर १५ सम्ममा यससम्बन्धी सम्झौता भइसक्ने लक्ष्य उसले लिएको छ । 
 

बाइटडान्सले टिकटकको अमेरिकी व्यापारमा माइनोरिटीको हैसियत राख्न खोजेको थियो तर ह्वाइट हाउसले त्यसलाई अस्वीकार गर्‍यो । प्रस्तावित नयाँ सम्झौताअनुसार, बाइटडान्स अमेरिकाबाट अब पूरै हट्नेछ र माइक्रोसफ्ट कोर्पले टिकटक लिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x