×

NMB BANK
NIC ASIA

चिउँडोमा मास्क लगाएका मानिसले पटक्कै मास्क नलगाएकासँग गरे झगडा (भिडियो)

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस महामारीका बीच संसारभरि अहिले मास्क लगाउने र नलगाउने मानिसबीचको द्वन्द्व चर्किरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

क्यानडाको पिज्जा पसलमा एक व्यक्तिले मास्ककै कारण आवेशमा आएर तोडफोड गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती मानिस आफूले चाहिँ नाक मुखमा नभई चिउँडोमा मास्क झुण्ड्याएका थिए । अनि मास्क नलगाइकन आएका अर्का ग्राहकलाई देखेपछि उनको पारो तातेको थियो । 


Advertisment
Nabil box
Kumari

बिहीवार रेड्डिटमा पोस्ट गरिएको भिडियोमा ती ग्राहक आक्रोशित हुँदै पिज्जा राखेको काउन्टरलाई धकेलेर लडाइदिएको देखिन्छ । क्वीन्स क्वेमा रहेको रहेको पिज्जा रेस्टुराँमा घटना भएको हो । 

Vianet communication
Laxmi Bank

मास्क नलगाएको व्यक्तिप्रति आक्रोशित हुने व्यक्ति आफैंले चाहिँ सही तरिकाले मास्क लगाएका थिएनन् । 

भिडियोमा आक्रोशित ग्राहक मास्क नलगाएका पुरुष नजिक पुग्छन् र उनलाई छुन खोज्छन् । मास्क नलगाएका व्यक्तिले उनलाई धक्का दिन्छन् । त्यसपछि चिउँडे मास्कवाला धेरैपटक चिच्याउँछन्, ‘उसले मलाई आक्रमण गर्‍यो’ । उनी यसको भिडियो खिच्न थाल्छन् भने अर्का व्यक्ति शान्त रहन्छन् । 

त्यसपछि आक्रोशित व्यक्तिले पिज्जा राखिएको शीशाको काउन्टरलाई धकेलेर लडाइदिन्छन् अनि शीशा टुक्राटुक्रा हुन्छ । 

घटनामा कसैलाई पनि चोटपटक नलागेको पिज्जा पसलको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x