×

NMB BANK
NIC ASIA

काठमाडौंको ट्राफिक मुख्यालयमा कोरोना छिरेपछि कसरी हुँदैछ सवारी व्यवस्थापन ?

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय अग्रपंक्तिमा काम गर्ने प्रहरीमा पनि देखिन थालेको छ ।

Muktinath Bank

राजधानी काठमाडौंको ट्राफिक मुख्यालय महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा लक्षणसहितका कोरोना संक्रमित देखिए ।
  
गत साउन १६ गते शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ भने संक्रमितहरूको सशस्त्र प्रहरी कोरोना अस्पताल बलम्बुमा उपचार भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखा सिल भएपछि सर्वसाधारणका लागि हुने काम, कारवाहीमा परेका लाइसेन्स लिने, बिलबूक लिने काम बन्द गरिएको छ । लकडाउनको समयमा बन्द गरिएको काम असार ७ गतेबाट खोलिएको थियो । 


Advertisment
Nabil box
Kumari

‘महाशाखालाई सिलबन्दी गरिएपछि अहिले यहाँबाट हुने सर्वसाधारणका कामहरू बन्द छन्,’ ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

बग्गीखाना सिल भएपछि फिल्डमा खटिने ट्राफिक प्रहरीहरू क्वारेन्टीन छन् तर सडक ट्राफिक व्यवस्थापनमा मातहतका अन्य ट्राफिक युनिटबाट प्रहरीहरू खटाइएको एसएसपी ढकालले बताए । 

‘यहाँबाट फिल्डमा जाने ट्राफिक प्रहरीहरूको सट्टामा मातहतका ट्राफिक युनिटबाट व्यवस्थापन गरेका छौं,’ एसएसपी ढकालले भने, ‘बग्गीखानाबाट कोही पनि बाहिर निस्केर ड्युटी गरेको अवस्था छैन भने बाहिरबाट भित्र पनि आएका छैनन् ।’

महाशाखाले उपत्यकामा आवश्यक पर्ने ट्राफिक व्यवस्थापनलाई कमी हुन दिएको छैन । बग्गीखानाबाट फिल्डमा खटिने ठाउँहरू सिंहदरबारको पश्चिम गेट अगाडि, भद्रकाली, माइतीघर, पुतलीसडक, बागबजार लगायतका ठाउँमा नजिकैका ट्राफिक युनिटहरू जनसेवा, सिंहदरबार, कमलपोखरी, थापाथलीमा धेरै भएका ट्राफिक प्रहरीबाट व्यवस्थापन गराइएको एसएसपी ढकालले लोकान्तरलाई बताए । 

महाशाखाको टोलीले बिहान–बेलुका र अन्य समयमा पनि चेकिङमा जाने टोली पनि मातहतका युनिटबाट व्यवस्थापन गरिएको छ । कम चाप भएका युनिट र धेरै जनशक्ति भएका युनिटबाट जनशक्ति व्यवस्थापन गरिएको ढकालले बताए ।

सीसीटीभीबाट निगरानी

महाशाखा सिल गरिएको भए पनि क्वारेन्टीनबाटै आन्तरिक काम भने भइरहेका छन् । महाशाखा प्रमुख एसएसपी ढकालले ट्राफिक प्रहरीको मातहतमा रहेका उपत्यकाका १४५ वटा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरामार्फत उपत्यका ट्राफिकको अवस्था हेरेर निर्देशन दिइराखेका छन् ।

‘मैले र मेरो टीमले भित्रबाट हुने कामहरू गरिरहेका छौं,’ एसएसपी ढकालले भने, ‘हाम्रो मातहतमा रहेका सीसीटीभीबाट निगरानी गरेर आवश्यक निर्देशन दिइराखेका छौं ।’ उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि भित्रबाट हुने अपरेसनल कामहरू पनि भइरहेको र सवारी चोरी नियन्त्रणको काम पनि भइरहेको प्रमुख ढकालले बताए ।

सजग रहँदै काम गर्न निर्देशन

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ढकालले कोरोना भाइरसको संक्रमणबाट सजग रहेर सेवामा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि उपत्यकामा ट्राफिक व्यवस्थापन गर्ने प्रहरीलाई आवश्यक सुरक्षा अपनाएर काम निर्देशन दिएको लोकान्तरलाई बताए । ‘आवश्यक सुरक्षा सावधानी अपनाएर ट्राफिक व्यवस्थापन गर्न भनेको छु,’ एसएसपी ढकालले भने, ‘हामी उच्च मनोबलका साथ काम गरिहेका छौं ।’

काठमाडौं उपत्यकामा १ हजार ५४५ जना ट्राफिक प्रहरीले सवारीसाधनको ट्राफिक व्यवस्थापन गर्दै आएका छन् । जसमध्ये अहिले बग्गीखानामा ३०२ जना ट्राफिक प्रहरीहरू क्वारेन्टीनमा छन् र २ जना कोरोना अस्पताल बलम्बुमा उपचाररत छन् ।

महाशाखाको क्वारेन्टीनमा रहेका ट्राफिक प्रहरीको नामावली संकलन भइसकेको छ भने आगामी बुधवार कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गरिँदैछ । 

बन्दाबन्दी (लकडाउन) खुलेपछि उपत्यकामा भीडभाड बढेकाले फिल्डमा खटिने प्रहरीलाई कोरोना संक्रमणको जोखिम बढेको देखिएको छ । पछिल्लो समय प्रहरी प्रधान कार्यालय नक्सालमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर हालसम्म २५४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेर कठायतले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x