×

NMB BANK
NIC ASIA

१० वर्षे यात्रामा डिसहोमको फड्को: टिभी, सिम टिभी हुँदै अब फाइबर इन्टरनेट पनि

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २००९ मा स्याटलाइट टिभीको बिस्तार गर्ने उद्देश्यले २ कम्पनी जन्मिए, स्याटलाइट च्यानल प्रालि र डिश मिडिया नेटवर्क ।

Sagarmatha Cement
Muktinath Bank

कामको प्रकृति एकै भएपछि सोही वर्ष नै ती २ कम्पनी १ भए । २ कम्पनीहरूको मर्जरपछि बन्यो डिश मिडिया नेटवर्क । यस कम्पनीले पुस महिनादेखि डिशहोमको शुरूवात गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिश होमले शुरूवातको पहिलो वर्षमा नै ८० हजार ग्राहक बनाएको थियो । अहिले डिशहोम १० औं वर्षमा यात्रा गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

१० वर्षको अवधिमा डिशहोमसँग १५ लाख घरधुरीमा टेलिभिजन पुगेको तथ्यांक छ । करिब साढे १९ लाख सेटअप बक्स बिक्री भएका छन् । १० वर्षको अवधिमा डिशहोमले ठूलो फड्को मारेको र ग्राहकको मन जितेको डिशहोमका बिक्री शाखाका महाप्रबन्धक रमेश सापकोटा बताउँछन् ।

Vianet communication
Laxmi Bank

गत माघमा शेयर कास्टले गरेको एक सर्वेमा अहिले नेपालमा टिभी हेर्ने मध्येमा ४३ प्रतिशतको घरमा डिशहोम पुगेको छ ।

७७ जिल्ला मा नै डिशहोम पुगिसकेको छ भने ८० वटा डिलर रहेका छन् । सापकोटाका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४ वटा डिलरबाट डिशहोमले सेवा दिइरहेको छ । यस्तै अन्य शहरहरूमा बजारको आकारअनुसार डिलर राखिएको छ ।

उनी भन्छन्,‘अहिले सब डिलर (डिलर दाइ) पनि १० हजार वटा पुगिसकेको छ ।’

‘डिलर दाइहरूलाई डिशहोमको टिभी बिक्री गर्ने, ग्राहकको घरमा गएर इन्स्टल गर्ने तथा बिक्री पछिको सेवामा ध्यान केन्द्रीत गर्ने काम दिइएको छ,’ उनले भने,‘प्राविधिक भाषामा डिलर दाइलाई सब डिलर भनिन्छ । तर डिलर दाइको नामबाट ग्राहकहरूमा यो लोकप्रिय छ ।’

कम्पनीले २५ हजार जनालाई अप्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीको शुरूवातमा करिब ७५ वटा डिस्टिब्युटर थिए भने २ हजारको हाराहारीमा सब–डिलर रहेका थिए । अहिले त्यो संख्या बढेर डिलर ८० वटा पुगेको छ भने सब डिलर १० हजारको हाराहारीमा छ ।

पहिले केवल अपरेटरहरूमा बिल तिर्ने चलन थियो । महिना वा तीन महिनामा एक पटक बिल तिरिन्थ्यो । यो मोडल पोस्पेड मोडल जस्तो थियो । ग्राहकहरूले टिभी हेरे पनि नहेरे पनि तोकिएको समयमा बिल भुक्तानी गर्नु पर्दथ्यो ।

तर अहिले त्यो समयले फड्को मारिसकेको छ । अहिले ग्राहकहरूले टिभीमा रिचार्ज गर्दा प्रिपेड मोडलमा भुक्तानी गर्न सक्छन् । उदाहरणका लागि, आज टिभीको रिचार्ज सकिएको छ । तपाई १ महिनाका लागि घर बाहिर जाँदै हुनुहुन्छ, त्यो महिनाको पैसा किन तिर्ने ? रिचार्ज नगर्दा पनि हुन्छ ।

सापकोटा भन्छन्, ‘चुजी ग्राहकका लागि सिम्पल सिस्टम ल्याइएको हो । ग्राहकको सहजताका लागि हामीले यस्तो व्यवस्था गरेका हौं । टिभी हेर्न मन लाग्दा वा समय हुँदा रिचार्ज गर्नुस्, समय नहुँदा नगर्नुस् ।’ यो सुविधाले विद्यार्थीहरूलाई पनि फाइदा हुने उनको विश्वास छ । उनी भन्छन्,‘नानी बाबुहरूको परीक्षाको समयमा पनि रिचार्ज नगर्दा हुन्छ ।’

‘डिलर दाइको छुट्टै अफर’

डिशहोमले अहिले ‘डिशहोममा डिलर दाइको छुट योजना’ सञ्चालन गरिरहेको छ । वार्षिक रिचार्ज गर्ने ग्राहकहरूलाई २५ प्रतिशतसम्मको छुट दिइँदै आएको छ । डिशहोमको फण्ड ट्रान्सफरबाट यस्तो  सुविधा दिइँदै आएको छ ।

यो ३ महिने, ६ महिने वा एक वर्षको अवधिका लागि छ ।  विगत १ वर्षअघि देखि डिशहोमले यस्तो प्याकेज सञ्चालन गर्दै आएको छ । सापकोटा भन्छन्,‘ यसै योजनामा आकर्षित भई अहिले करिब ६० प्रतिशत ग्राहकले डिलर दाइकोमा गएर यस्तो रिचार्ज गर्छन् ।’

यस्तो योजनाले डिलर दाइ र ग्राहकबीचको सम्बन्धलाई झन् मजबूत बनाएको छ भने ग्राहकले पनि समयमै सेवा पाएका छन् ।

घरमै सिनेमाघरको मज्जा

डिशहोमले विभिन्न च्यानलहरू मार्फत घरमै सिनेमा घरको मज्जा दिइरहेको छ । ग्राहकहरूको पनि यस्ता च्यानलहरूमा राम्रो रुची देखिएको सापकोटा बताउँछन् । ‘हुम्ला, जुम्ला लगायत विकट ठाउँका मानिसले पनि काठमाडौं (शहर) मा नै जसरी उही गुणस्तरमा चलचित्र हेर्न पाएका छन्,’ उनले भने, ‘ग्राहकलाई एकदमै सहज भइरहेको छ ।’

वैकल्पिक शिक्षाको सहज माध्यम

डिशहोमले केही वर्षअघि देखि नै एसएलसी लक्षित ट्युसन कक्षा टिभीमा सञ्चालन गर्दै आइरहेको थियो । चैत ११ गतेदेखि लकडाउन शुरू भयो ।

लकडाउन शुरू भएसँगै विद्यार्थीहरूका लागि वैकल्पिक शिक्षाको सहज माध्यम बन्यो डिशहोम ।

डिशहोमले विद्यार्थीहरूका लागि वैकल्पिक शिक्षा प्रदान गर्न शुरू गर्‍यो । केही दिन पछि नै एक निजी शिक्षण संस्थासँग समन्वय गरी कम्पनीले ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूका लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा सञ्चालन गर्न थाल्यो । जुन अहिले पनि जारी नै छ । सापकोटा भन्छन्,‘नेपालभर हाम्रा ग्राहक भएपछि सामाजिक उत्तरदायित्व सम्झेर हामीले वैकल्पिक शिक्षाका लागि सहयोग गरेका हौं,' बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कक्षा सञ्चालन भइरहेको छ ।'

उनका अनुसार, डिशहोमले बैशाख २० गतेदेखि डिशहोम एकेडेमी १, एकेडेमी २ र एकेडेमी ३ नामको तीन वटा च्यानलमार्फत शिक्षा दिन थाल्यो ।

विद्यालयहरू नियमित रुपमा नखुल्दासम्म कक्षा सञ्चालन भइरहने उनी बताउँछन् । विद्यालय खुलेपछि पनि केही परिमार्जनसहित कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

कम्पनीको आफ्नै सर्भिस सेन्टर

डिशहोमले ग्राहकको घरसम्म सेवा पुर्‍याउनका लागि हरेक अञ्चलमा आफ्नै सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । ‘१४ अञ्चलमा १४ सर्भिस सेन्टर चलाइरहेका छौं, यसले ग्राहकको घरसम्म सेवा पुर्‍याउनका लागि ब्याकअप सर्भिसका रूपमा सहज बनाउँछ ।’

डिशहोमले सेटअप बक्स ३ हजार ९ सय ९९ रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । त्यो १ वर्षको वारेन्टी हुन्छ । १ वर्षभित्रमा सेटअप बक्स बिग्रिएमा नयाँ सेटअप बक्स दिइन्छ ।  वारेन्टी सकिएपछि पनि सेटअप बक्स बिग्रिएमा जहाँबाट डिशहोम किनेको हो, ग्राहकले त्यहाँ नै गएर अर्को सर्भिस बक्स लिन सक्नेछन् । जसको मूल्य ५ सय रुपैयाँ रहेको छ । यसको पनि १ वर्ष वारेन्टी हुन्छ ।

सिम टिभी

विगत ३ देखि डिशहोमअन्तर्गत नै सिम टिभी सञ्चालनमा आएको छ । यसले पनि बजार विस्तारमा कुनै कसर बाँकी नराखेको सापकोटा बताउँछन् । उनका अनुसार सिम टिभीको अहिले करिब २ लाख जना ग्राहक रहेका छन् । काठमाडौं, बिराटनगर, धरान, जनकपुर, लहान, भैरहवा, हेटौंदा लगायतका मुख्य शहरहरूमा सिम टिभीको पहुँच छ । उनी भन्छन्,‘नेपालका मुख्य ६० प्रतिशत शहरहरूमा सिम टिभी पुगिसकेको छ ।’

फाइबर नेटमा फड्को

टिभी, सिम टिभी हुँदै डिशहोमले अहिले निकै लामो फड्को मारिसकेको छ । डिशहोम अहिले आफ्नै फाइबर नेटको विस्तारको क्रममा रहेको छ । ‘ग्राहकको माया पाएर नै हामी अगाडि बढ्न सकेका हौं’, सापकोटा भन्छन्, ‘नयाँ प्रविधिमा नयाँ स्वाद ग्राहकलाई दिलाउनु हाम्रो कर्तव्य पनि त हो ।’

‘डिशहोमले अब फाइबर नेट विस्तार गर्नुपर्छ भन्ने कन्सेप्ट १ वर्ष अगाडि नै तयारी भएको थियो । डिशहोमको ब्राण्ड इमेज बनिसकेपछि कतिपय ग्राहकहरूले नै हामीलाई नेट विस्तार गर्न झकझकाउनुभयो,’ उनले भने,‘डिशहोमकै ग्राहकलाई इन्टरनेट वितरण गरेपनि ग्राहकलाई सस्तो पर्न जाने देखिएपछि नेट विस्तारमा अगाडि बढ्यौं ।’

कम्पनीले गत फागुनको पहिलो साता ललितपुरको भैँसेपाटीमा फाइबर नेटको शुरूवात तथा विस्तार गर्‍यो ।

मंसिरदेखि फागुनसम्ममा नेट विस्तारको पहिलो चरण पूरा भएको उनी बताउँछन् । त्यसपछि लकडाउनकै समयमा काठमाडौंको बानेश्वर र तिनकुनेमा सिमटिभी  र डिशहोमका ग्राहकहरूलाई इन्टरनेट दिइयो ।

तेस्रो चरणमा काठमाडौंकै कपनमा साउन १ गतेदेखि इन्टरनेट शुरू भएको छ । अब बौद्ध, जोरपाटी हुँदै अबको १४/१५ महिनाभित्रमा काठमाडौंका मुख्य ठाउँमा पुग्ने लक्ष्य रहेको सापकोटा बताउँछन् ।

दशैँसम्ममा हेटौंडा, जनकपुर, लाहान, ढल्केबर,  विराटनगर, धरान लगायतका क्षेत्रमा इन्टरनेट विस्तार गरिसक्ने कम्पनीको लक्ष्य छ । सँगै नारायणगढ, पोखरा लगायतका क्षेत्रमा पनि विस्तार गरिनेछ ।

इटहरीमा भने कम्पनीको इन्टरनेट चलिरहेको छ ।

आइपिओ जारी गर्दै

कम्पनीले सर्वसाधारणका लागि शेयर पनि जारी गर्ने तयारी छ । यसका लागि नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । दशैँसम्ममा स्वीकृति पाइसक्ने  विश्वास रहेको सापकोटा बताउँछन् ।

अहिले २३ लाख ८५ हजार कित्ता बराबरको आइपिओ निकाल्ने तयारीमा रहेको उनले बताए । ‘डिशहोम नाफामा गइसकेको छ । ग्राहकहरूमा पनि धेरै छन् । नेपाली कम्पनीले नै राम्रो गरिरहँदा यसमा नेपालकै युवाहरूलाई किन सहभागी नगराउने ? गराउनुपर्छ भनेर हामीले यस्तो  तयारी गरेका हौं,’ उनले भने ।

भारतीय च्यानल किन बन्द ?

सापकोटा भन्छन्, ‘हामीले सधैं सरकारलाई सहयोग गर्दै आयौं । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही हुँदैन । हाम्रो प्रधानमन्त्री र अन्य नेताहरूको भारतीय मिडियाहरूले चरित्र हत्या गर्ने प्रयास गरे । त्यसपछि दैनिक ३ हजार/४ हजार ग्राहकले फोन गरेर बन्द गर्न माग गरे । त्यसपछि हामीले सरकारलाई सोध्यौं र बन्द गर्‍यौं ।

पछि सरकारले हामीलाई धन्यवाद नै दियो । हामीले हाम्रो दायित्व सम्झेर बन्द गर्ने निर्णय गरेका हौं । यसमा अन्य नेटवर्कका साथीहरूले पनि सहयोग गर्नुभयो ।  सरकारसँगै सल्लाह गरेर यसलाई केही समयपछि खुलाउन सक्छौं ।’

सरकारले कात्तिक ८ गतेदेखि क्लीनफीड लागू गर्दैछ, यसबारे कसरी अगाडि बढ्दैहुनुहुन्छ ?

क्लीनफीड आजभन्दा करिब ४/५ वर्षअघि नै कुरा चलेको हो । त्यसबेला पहिला ‘डिजिटलाइजेशन’ गरौं अनि क्लीनफीड भन्दै आइयो । अहिले डिजिटलाइजेसन पूरा भइसकेको अवस्था छ ।

अहिले नियमावली बनिसकेको र कार्यविधि बन्न बाँकी रहेको अवस्था छ । क्लीनफीडमा जाँदा केही समस्या देखिन्छन् । पर्याप्त तयारीसहित जानु आवश्यक हुन्छ ।  सरकारले लागू गर्ने क्लीनफीडलाई कसरी सफल र व्यवहारिक बनाउने भन्ने विषयमा हामीहरू छलफल गरिरहेका छौं ।

त्यसकारण कार्यविधिलाई प्रभावकारी ढंगले बनाएर अगाडि बढ्नु आवश्यक हुन्छ । हामीले व्यवसाय पनि हेर्नुपर्ने हुन्छ, कार्यविधि पनि । त्यसकारण सरकारले सबैलाई समेटेर व्यवसाय नमर्ने हिसाबले यसको व्यवस्थापन गर्न सक्नुपर्छ । जसका लागि व्यवहारिक कार्यविधि बनाउनुपर्छ ।

यससँगै सरकारले भारतीय डिटीएचको नेपालमा भइरहेको अनाधिकृत प्रयोग रोक्न सक्नुपर्छ ।

क्लीनफीड लागू गर्दा अहिले नेपाली टिभी बन्द हुने र भारतीय डीटीएचको प्रयोग छ्याप्छ्याप्ती हुने चुनौति पनि देखिन्छ । सरकारले जुनसुकै हालतमा रोक्न सक्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x