ग्यालेक्सी एस२० प्लस र एस२०मा आकर्षक 'क्यासब्याक' अफर

कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्डले ग्यालेक्सी एस२० प्लस र एस२०को खरिदमा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकले आफ्नो ग्यालेक्सी एस२० वा ग्यालेक्सी एस२० प्लसमा आकर्षक क्यासब्याक पाइनेछ । 


Advertisement

अब, ग्यालेक्सी एस२० प्ल्सको खरिद गर्दा ग्राहकहरुले तत्काल रु २२,००० क्यासब्याक प्राप्त गर्नेछन् । 

त्यसैगरी ग्यालेक्सी एस२०को हकमा भने रु. १९,००० को क्यास ब्याक प्राप्त गर्नुहुनेछ । 


Advertisement

नयाँ योजना अनुसार ग्यालेक्सी एस२० प्लसको मूल्य १ लाख ४ हजार ९ सय ९९ र ग्यालेक्सी एस२० को मूल्य ९४ हजार ९ सय ९९ रुपैयाँ पर्नेछ ।  

यस अघि ग्यालेक्सी एस२०ंको खरिद मूल्य नेरु. १२६,९९९ तथा ग्यालेक्सी एस२० को खरिद मूल्य ११३,९९९ रहेको थियो । 

यो योजना अगस्ट १, २०२० देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । 

यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि  सेन्सर राखिएको छ । 

दुबै फोनमा ३०एक्ससम्मको जुम रहेको छ । 

सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ, यसमा तपाइँले विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन । 

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्