थप ४ सय १८ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या २० हजार ७५० पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisement

संक्रमितमध्ये १४ हजार ९६१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ सय ५८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।


Advertisement

मृतकको संख्या भने ५७ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्