चिनियाँ राजदूतको ट्वीटरमा बीपीदेखी केपीसम्म र महेन्द्रदेखि प्रचण्डसम्मको तस्वीर

नेपालका लागि चीनकी राजदूत होउ यान्छीले बीपी कोइरालादेखि केपी शर्मा ओलीसम्मका नेताहरूले नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिएकोमा खुसी प्रकट गरेकी छन् ।

सोमवार सामाजिक सञ्जाल ट्वीटरमा उनले बीपीदेखि केपीसम्म र तत्कालीन राजा महेन्द्रदेखि प्रचण्डसम्मका नेताहरूको तस्वीरसहित नेपाल-चीन सम्बन्धको ६५ औं वर्षलाई भविष्यका लागि अझ राम्रोसँग संयुक्त काम गर्ने कदमको शुरुवातका रूपमा लिएकी हुन् ।


Advertisement

'नेपाल-चीन मित्रताको फक्रँदो फूल दुवै देशका नेताहरूको अथक रेखदेखको परिणाम हो,' उनले ट्वीटरमा लेखेकी छन्, 'दुवै देशको ६५ वर्षको मित्रता सुन्दर भविष्य निर्माणका लागि संयुक्त कदमको शुरुवातसमेत हो ।'


Advertisement

 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्