×

NMB BANK
NIC ASIA

विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन आग्रह

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा चेम्बर अफ कमर्स कास्कीले कोभिड–१९ को बढ्दो जोखिमलाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

Muktinath Bank

अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएको सन्दर्भ जोडेर चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो अनुरोध गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए ।


Advertisment
Nabil box
Kumari

'लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४४२ पर्यटक विविध कारणले बसिरहेका छन्, तत्काल भिसा समय थप गरी उनीहरुलाई बस्ने वातावरण मिलाउनुपर्छ,' सुनारले भने, 'केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको बढी रहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन्, यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्छ, यो समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।'

Vianet communication
Laxmi Bank

मन्त्रालयसमक्ष प्रेषित अनुरोधपत्रमा नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहात पुग्ने जिकिर गरिएको छ ।

कोरोना भाइरसका कारण नेपाल सरकारले २०७७ साल चैत ११ गतेदेखि मुलुकभर लगाएको बन्दाबन्दी¬¬का कारण सबै अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द रहेका छन् । नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन चाहेका छैनन् ।

पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन गरेर नै तत्काल स्वदेश फर्कन नचाहेको बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x