लगानी बोर्डको सिइओमा सुशील भट्ट नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर सुशील भट्टलाई नियुक्त गरेको छ। 

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य भट्टलाई लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो।


Advertisement

तत्कालीन सिइओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर भएपछि खोली रहेको उक्त पदमा भट्ट चयन भएका हुन्। 

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टसँगै, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको मन्त्रिपरिषदमा पेस गरेकाे थियाे।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्