कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए

आइतबार शुन्य कोरोना संक्रमित देखिएको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो।


Advertisement

प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत भेरीगंगा नगरपालिका-४ का २२ वर्षीय पुरुष, वडा नम्बर ८ का २२ वर्षीया महिला, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका-१ की २७ वर्षीया महिला, डुगेश्वर गाउँपालिका-२ का २७ वर्षीय पुरुष र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा मुसिकोट नगरपालिका-१ की २४ वर्षीया महिला र सोही नगरपालिका-६ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए।

‘आइतबार शुन्य संक्रमित रहेको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमणका बिरामी फेला परेका छन्,’ उनले भने, ‘कर्णालीका कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ।’


Advertisement

त्यस्तै, कर्णाली प्रदेशका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ६ जना कोरोना संक्रमणबाट  निको भएर घर फर्किएको डा. तिवारीले बताए।

‘हाल सक्रिय संक्रमितका बिरामी २ हजार ११ जना रहेका छन्,’ उनले भने, ‘हालसम्म कोरोना संक्रमण जित्नेको संख्या १ हजार ७ सय २८ रहेको छ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्