अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द

नेपाल कानून व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पुष्णप्रसाद गौतम (प्र.प.न १२०१०) लाई कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ ।

परिषद्अन्तर्गतको अनुशासन समितिको साेमबार बसेको बैठकले ललितपुर जिल्ला अदालत बारका एकाइका सदस्यसमेत रहेका अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो। 


Advertisement

परिषद्का सदस्यसचिव रामहरि काफ्लेका अनुसार कीर्ते जालसाजी मुद्दामा सजाय भएका अधिवक्ता गौतमको अनुशासन समितिको आजको बैठकले कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो। 


Advertisement

कमेन्ट गर्नुहोस्