बाढीपहिरोपीडितका घर बनाइदिने मुख्यमन्त्रीको घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभरिका बाढीपहिरोपीडितको घर प्रदेश सरकारले बनाउने बताएका छन्। 

 गृहजिल्ला लमजुङस्थित सोमबार मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरा प्रभावितलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले लमजुङलगायत प्रदेशका विभिन्न जिल्लामा बाढीपहिराले मानवीय नोक्सानसहित घर भत्किएका परिवारको घर प्रदेश सरकारले बनाउने बताए।


Advertisement

बाढीपहिरोका कारण प्रदेशभरि करिब ५ सय घर बनाउनुपर्ने बताइएको छ।

बाढीपहिरो पीडितको घर निर्माणका लागि संघ सरकारले भूकम्प पीडित सरह राहतस्वरुप तीन लाख उपलब्ध गर्ने निर्णय गरिसकेको र यसबाहेक आवश्यक रकम प्रदेश सरकारले थपेर घर निर्माण गर्ने उनको भनाइ छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्