तुइन चुँडिँदा बेपत्ता

फाइल तस्वीर

लमजुङको दोर्दी खोलामा तुइनको डोरी चुँडिँदा एक महिला बेपत्ता भएकी छन् ।

सामान ओसार्न राखिएको तुइनबाट खस्दा दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनीसँगै तुइन चढेका कीर्तिपुरबेंसीकै १७ वर्षीय विकास घलेले भने डोरी समातेर ज्यान जोगाएका छन् ।


Advertisement

गुरुङले चुँडिएको डोरी समात्न नसक्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

जनैपूर्णिमाका दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाने क्रममा सोमबार बिहान १० बजेतिर सो दुर्घटना भएको हो । मानिस हिँड्नका लागि करिब आधा घण्टामाथि छोटेखोलामा झोलुंगे पुल छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्