×

NMB BANK
NIC ASIA

हिजो दिनभर : लगानी बोर्डको सिइओमा भट्ट, सिन्धुपाल्चोकमा पहिराले पुरेर १० जनाको मृत्यु

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लगानी बोर्डको सिइओमा सुशील भट्ट नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर सुशील भट्टलाई नियुक्त गरेको छ। 

Muktinath Bank

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य भट्टलाई लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन सिइओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर भएपछि खोली रहेको उक्त पदमा भट्ट चयन भएका हुन्। 


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टसँगै, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको मन्त्रिपरिषदमा पेस गरेकाे थियाे।   

Vianet communication
Laxmi Bank

थप ४ सय १८ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या २० हजार ७५० पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो 
संक्रमितमध्ये १४ हजार ९६१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ सय ५८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ५७ छ ।

पुराना अलपत्र पारेर नयाँ गाडी किनेपछि प्रधानमन्त्री कार्यालयविरुद्ध सर्वाेच्च अदालतमा रिट

सरकारी निकायले पुराना गाडी अलपत्र पारेर नयाँ गाडी किन्ने प्रवृत्ति रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जनताको करबाट संकलित रकमले खरिद गरिएका गाडीलाई अलपत्र पारेर करको अवमूल्यन गरिएको आरोप लगाइएको छ ।

काठमाडौं महानगरपालिका–१० स्थित एर्फोटल्याबको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट निवेदन अदालतमा दर्ता गराएका छन् ।

‘नेपाल सरकारको सबै मातहतमा रहेको सवारीसाधनहरू हामीले तिरेको करको जम्मा भएको राज्य कोषको रकमबाटै खरिद गरी ल्याएको हुन् । ती साधनहरू विपक्षीको जिम्मामा रहेको र सरकारका साना ठूलो परियोजना तथा संस्थान, आयोगहरू समेतमा रहेको वा देशभित्र रहेको विभिन्न भन्सार कार्यालय, अदालती प्रक्रियामा विभिन्न कारणले रहन गएको आदि सम्पूर्ण प्रकारको सवारीसाधनहरू सञ्चालन वा उपयोग हुन नसक्ने नआउने भएका वा लिलाम गर्न प्रक्रिया पुगेका समेत वर्षौंदेखि एक ठाउँमा तथा खुला आकाशमुनि राखिएको पुरानो सवारीसाधनमा पेट्रोल, डिजेल, फलाम, सिसा जन्यवस्तु, इन्जिन मोबिल, एसीडयुक्त ब्याट्रीहरू समेत वर्षौं एक ठाउँमा राखिएको सवारीसाधनबाट निष्कासन हुने ठोस तथा तरल पदार्थ तुरुन्तै जमिनमा मिसिन जान्छ जसले गर्दा समग्र माटो प्रदूषित हुन जान्छ । यसबाट जमिनमा रहने घरपालुवा पशुपन्छी र अन्य जीवजन्तुहरूलाई प्रत्यक्ष असर पार्दछ । यसरी नै जमिनमा हुर्किने कुनै पनि बोटविरुवा वनस्पति लगायत कृषि उत्पादनमा पनि पुरानो सवारीसाधनबाट निष्कासन हुने तरल पदार्थ मिसिने भएकाले कृषि उत्पादनमा प्रत्यक्ष असर गर्दछ । यसरी नै पेट्रोल, डिजेल, फलाम, सिसा जन्यवस्तु, इन्जिन मोबिल र एसीडयुक्त ब्याट्रीहरूबाट लिचरको रुपमा निष्कासन हुने तरल पदार्थ  जमिनमा मिसने हुँदा पानीको स्रोतमा प्रत्यक्ष असर पर्छ । पानीको स्रोतमा नै मिसिन जाने भएकाले वर्षातको समयमा पानीसँगै नदीसँग मिल्ने भएकाले पानीमा हुने सम्पूर्ण जलचरहरूमा प्रत्यक्ष असर पार्दछ । उल्लेख गरिएका तथ्यबाट नै आर्थिक क्षति र     वातावरणीय प्रभाव पारिरहेको देखाउँछ साथै पुराना गाडीहरू थुपारी राखेको कार्यालयको कम्पाउण्ड फोहरमैलाको डम्पिङ साइड बनिरहेको छ । ती त्यस्ता दृश्यहरू दैनिक आँखाले हेर्दा समेत मानसिक रुपमा असर पर्नुको साथै दृश्य प्रदूषण हुने र सुन्दर अफिस कार्यालयको वातावरण कुरुप बन्दै जान्छ, यसको समाधान गर्नको लागि प्रयोगमा आउन सक्ने सवारीसाधनहरू नियमित मर्मतसम्भार गरी सञ्चालन गर्नुपर्ने र सञ्चालनमा नआउनेहरू वा आउन नसक्ने तत्काल लिलामको प्रक्रिया अघि बढाउनुपर्ने, लिलाम गरी राज्यकोषमा रकम जम्मा गर्ने कार्य विपक्षीहरूको हो सो नियमित नगरी बसेकोले राज्यकोषलाई ठूलो नोक्सान पारिरहेएको छ । विपक्षीहरूकै कारणले गरीब नागरिकहरूबाट उठाएको करले खरिद गरिएको सवारीसाधनको यस्तो दुर्दशा गरेको सम्पूर्ण क्षतिको जिम्मा विपक्षीहरूले नै लिनुपर्छ,’ रिटमा उल्लेख छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, गृह मन्त्रालयलगायत २४ निकायलाई विपक्षी बनाइएको छ ।

रिटमा अलपत्र छाडिएका सवारीसाधनको व्यवस्थापन गर्न, व्यवस्थापनमा ढिलासुस्ती गर्नेमाथि कारवाही गर्न र क्षतिपूर्ति भराउन परमादेशको माग गरिएको छ ।

सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु, छोराछोरी बाहिर भएकाले बाँचे

मेलम्ची पहिरोमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरोमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् ।

वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।   

बरुवामा घर पुर्दा दुईको मृत्यु  
 
  
अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।

बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।

गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् ।

गएरातिको पहिरोले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्‍याएको अध्यक्ष लामाले बताए ।

“कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्”, उनले भने, “गाउँपालिकाभरि पहिरोले क्षतविक्षत बनाएको छ ।”

नेपालीलाई डब्लुएचओले भन्यो– 'भौतिक दूरी अनिवार्य कायम गर्नुस्, सावधानी अपनाऊनुस् '

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस (कोभिड- १९)को जोखिम कायमै रहेकाले भौतिक दूरी अनिवार्य कायम गर्न अपिल गरेको छ ।

डब्लुएचओका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले मास्क लगाउने, नियमित हात धुने तथा भौतिक दूरी कायम गरेमा कोरोनाबाट धेरै हदसम्म बच्न सकिने उल्लेख गरेका छन् ।

'हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक उपाय हो । मास्कको प्रयोग अर्को सरल उपाय हो । संक्रमितको सम्पर्कमा आएको खण्डमा यसले केही हदसम्म रोक्न मद्दत गर्दछ, अर्को सरल उपाय हात धुनु हो,' उनले भनेका छन्, 'कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ ।'

सबैले पर्याप्त सावधानी अपनाउने हो भने संक्रमित हुनुपर्ने तथा पुन: लकडाउन गर्नुपर्ने अवस्था नआउने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x