मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सर्वसाधारणको २ करोड ६० लाख वटा खातामा रहेको करिब पौने ७ खर्ब रुपैयाँबराबर निक्षेपको बीमा(सुरक्षण) भएको छ । व्यक्तिगत (प्राकृतिक व्यक्ति) खातामा रहेको निक्षेपको प्रतिखाता न्यूनतम ३ लाख रुपैयाँ बीमागर्नुपर्ने प्रावधानअनुसार गत असारसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ बीमाभएको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले बताए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको यो रकम करिब ८६ अर्ब रुपैयाँले बढी हो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र दुई वटा लघुवित्त वित्तीय संस्था (निर्धन उत्थान र छिमेक) गरी ७० वटा संस्थामा रहेको व्यक्तिगत खाताको रकम बीमाभएको हो । अघिल्लो आवमा ८५ वटा वित्तीय संस्थाको २ करोड २१ लाख वटा खातामा रहेको ६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेपको बीमाभएको थियो ।
राष्ट्र बैंकको निर्देशनअनुसार क, ख र ग वर्गका वित्तीय संस्थाले आफ्नो संस्थामा रहेको प्राकृतिक व्यक्तिको खातामा रहेको रकममध्ये प्रतिखाता ३ लाख रुपैयाँका दरले बीमागर्नुपर्छ । ०७६ असारसम्म ८५ वटा बैंक तथा वित्तीय संस्थामा रहेको ६ खर्ब ३ अर्ब रुपैयाँ बराबरको निक्षेप बीमाभएको थियो । आव ०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले निक्षेप बिमाको सीमा बढाएर प्रतिखाता २ लाखबाट ३ लाख रुपैयाँ पुर्याएको थियो ।
यो सुविधा व्यक्तिगत निक्षेप खातामा मात्र हो । संस्थाले जम्मा गर्ने निक्षेप (कम्पनीले जम्मा गरेको) खातामा बीमाहुँदैन । निक्षेप बीमागरेपछि कुनै कारणले बैंक तथा वित्तीय संस्था डुबे (खारेजी गएमा) त्यस संस्थामा निक्षेप गर्ने प्रत्येक व्यक्तिगत निक्षेपकर्ताले बढीमा ३ लाख रुपैयाँ भुक्तानी पाउँछन् । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये एउटा संस्थामा एक व्यक्तिको मात्र निक्षेप सुरक्षण हुने हो ।
उदाहरणका लागि एक संस्थामा एकै व्यक्तिको एकभन्दा बढी खाता भए पनि ती सबै खातामा रहेको निक्षेप सुरक्षण हुने होइन । तर सोही व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्था खाता भए पनि रहेका खातामा ३ लाखका दरले बीमाहुन्छ ।
साना निक्षेपकर्ताको बचत सुरक्षित गर्ने उद्देश्यले सरकारले करिब एक दशकअघि यस्तो कार्यक्रम ल्याएको हो । यो प्रावधानअन्तर्गत हालसम्म हिमालय फाइनान्सका निक्षेपकर्ताले करिब ११ करोड रुपैयाँ फिर्ता पाइसकेका छन् । हिमालय फाइनान्स खारेजीमा गएपछि त्यो संस्थामा निक्षेप गर्ने व्यक्तिगत निक्षेपकर्ताले साविकको व्यवस्थाअनुसार बढीमा २लाखका दरले रकम फिर्ता पाएका थिए ।
निक्षेप सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग निक्षेप सुरक्षणबारे सम्झौता गर्नुपर्छ । यो एक प्रकारको निक्षेप बीमाहो । तर अन्तर्राष्ट्रिय प्रचलनअनुसार यस्तो बिमालाई निक्षेप सुरक्षण नै भनिने भएकाले नेपालले पनि त्यही अनुसरण गरेको हो । नेपालमा यसको आधिकारिक निकाय निक्षेप तथा कर्जा सुरक्षण कोष हो । ०३१ सालदेखि कर्जा सुरक्षण गर्दै आएको कोषले ०६७ देखि निक्षेपको पनि सुरक्षण गरिरहेको छ । कोषका अनुसार गत असारसम्म ७ लाख ६० हजार ऋणीको ५७ अर्ब ४७ करोड रुपैयाँबराबरको कर्जाको बीमाभएको छ । अघिल्लो आवको अन्त्यसम्म ३ लाख ५८ हजार ऋणीको २२ अर्ब २४ करोड रुपैयाँबराबर कर्जाको बीमाभएको थियो ।
गत जेठसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड १८ लाख ८५ हजार निक्षेप खाता खुलेका छन् । तीमध्ये व्यक्तिगत खाता २ करोड ६० लाखभन्दा केही बढी छन् । बाँकी संस्थागत हुन् । साना तथा मझौला उद्यम (एसएमई) अन्तर्गत गत आवको अन्त्यसम्म १ हजार १८ ऋणीको १ अर्ब ७४ करोड रुपैयाँ बराबर कर्जा सुरक्षण भएको छ । अघिल्लो आवमा ७ सय ४२ ऋणीको १ अर्ब २४ करोड रुपैयाँबराबर कर्जाको बीमाभएको कोषले जनाएको छ ।
‘असारसम्म ३ हजार ९ सय १८ जना ऋणीले लिएको २ अर्ब ३७ करोड रुपैयाँ कृषि कर्जाको बीमाभएको छ,’ कोषले भनेको छ, ‘अघिल्लो आवको अन्त्यसम्म ३ हजार ८ सय ऋणीको २ अर्ब १९ करोड रुपैयाँबराबर कृषि कर्जाको बीमाभएको थियो ।’ यस्तै ब्याज अनुदानको सहुलियत कर्जाअन्तर्गत ७ हजार ८ सय जना ऋणीको २ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमाभएको छ । अघिल्लो आवको अन्त्यसम्म २ सय १० वटा ऋणीको ६६ करोड रुपैयाँ बराबरको मात्र सहुलियत कर्जाको बीमाभएको तथ्यांक छ ।
गत आर्थिक वर्षका शैक्षिक कर्जाअन्तर्गत ५ जना ऋणीले लिएको १२ लाख ५० हजार रुपैयाँ बराबर कर्जाको बीमाभएको कोषले जनाएको छ । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...