कोरोना जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री ओली विज्ञहरूसँग छलफल गर्दै

फाइल तस्वीर

लक-डाउन खुलेपनि देशभर कोरोना संक्रमणको दर बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरूलाई छलफलका लागि आफ्नो सरकारी निवास बालुवाटारमा निम्तो गरेका छन् ।

साउन ७ गते औपचारिक रूपमै सरकारले लक-डाउन खुलेको घोषणा गरेको थियो । त्यसयता संक्रमणको ग्राफ बढिरहेको छ । फेरि लक-डाउन हुने हो कि भनेर जनतामा त्रास फैलिएको स्थिति छ ।


Advertisement

सरकारले जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउन सकेको छैन भने आम नागरिकको तहबाट पनि सुरक्षाका उपायहरू अपनाएको देखिँदैन । शहरी इलाकाहरूमा भीड बढेको छ, सार्वजनिक यातायात चल्न थालेका छन् ।

यही सन्दर्भमा कुरा गर्न प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञहरूलाई बालुवाटार बोलाएका हुन् । मंगलवार बिहान ११ बजे प्रधानमन्त्रीले विज्ञहरूसँग सामूहिक परामर्श गर्नेछन् ।


Advertisement

छलफलमा आमन्त्रण गरिएका जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले लक-डाउनको विकल्पमा जानुपर्ने बताए ।

'मैले नवसामान्यीकरणतिर जानुपर्छ भनिरहेको छु,' डा. दीक्षितले लोकान्तरसँग भने, 'जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर सबै आर्थिक गतिविधि चल्न दिनुपर्छ । फेरि लक-डाउन गर्नु व्यावहारिक हुँदै हुँदैन । यही कुरा प्रधानमन्त्रीलाई मैले राख्नेछु ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्