×

NMB BANK
NIC ASIA

अमेरिकामा चिनियाँ विद्यार्थीको पीडा : ‘घरको न घाटको भइयो’

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस महामारी र राजनीतिक तनावका कारण अमेरिकामा अड्केका चिनियाँ विद्यार्थीहरू दुवै देशका विषयमा नयाँ सोच बनाइरहेका छन् । 

Muktinath Bank

आठ वर्षअघि शिझेङ तिए १३ वर्षकी हुँदा चीनबाट उच्चशिक्षाका लागि ओहायो पुगेकी थिइन् । उनले अमेरिकन ड्रीम साँचिरहेकी थिइन् तर अहिले अमेरिकामा शत्रुतापूर्ण व्यवहार खेपिरहेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अमेरिकामा बस्ने चिनियाँ भएको हैसियतले म अहिले निकै त्रस्त छु,’ उनी भन्छिन् । तिए अहिले जोन्स हप्किन्स विश्वविद्यालयमा अध्ययन गरिरहेकी छन् । अमेरिका चीनविरोधी र अस्तव्यस्त भएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाका विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा लगभग तीन लाख ६० हजार चिनियाँ विद्यार्थीहरू भर्ना भएका छन् । 

Vianet communication
Laxmi Bank

विगत केही महिनायता उनीहरूले दुईवटा ऐतिहासिक घटना बेहोर्नुपरेको छ ः विश्वव्यापी महामारी अनि अमेरिका र चीनबीच अभूतपूर्व तनाव । 

अमेरिकामा रहेका अधिकांश चिनियाँ विद्यार्थीहरू पूरा पैसा तिर्ने गर्छन् । पश्चिमी शिक्षाले आफूहरूलाई राम्रो करीयर दिलाउने अपेक्षा उनीहरूको छ । 

तर वाशिङटनले चीनबाट आएका सबै विद्यार्थी सामान्य नभएको बताउँदै आएको छ । तीमध्ये केही बेइजिङको एजेन्ट भएको र आर्थिक जासूसी, चीनपरस्त धारणाको प्रचार तथा अमेरिकाका क्याम्पसहरूमा अन्य चिनियाँ विद्यार्थीको निगरानीमा लागेको दाबी गरिएको छ । 

ट्रम्प प्रशासनले चिनियाँ सेनासँग सम्बन्ध भएको मानिएका तीन हजार विद्यार्थीको प्रवेशाज्ञा हालैका दिनमा रद्द गरेको छ । एक सिनेटरले त चिनियाँहरूलाई अमेरिकामा आएर गणित र विज्ञान पढ्न दिन पनि नहुने बताएका थिए ।  

यस्तो कठोर अभिव्यक्तिहरू आइरहँदा चिनियाँ विद्यार्थीले आफूलाई वाशिङटनको राजनीतिक तारो बनाइएको अनुभूति गरेका छन् । 
 

तिएले वातावरण विज्ञान अध्ययन गरिरहेकी छन् र उनी अमेरिकामा प्राज्ञिक भविष्यका बारेमा आफू निराश भएको बताउँछिन् किनकि विज्ञान तथा प्रविधिमा चिनियाँ विद्यार्थी र विद्वानहरूमाथिको निगरानी बढिरहेको छ । 

म अमेरिकामा विद्यावारिधि गर्छु र यतै घरजम गर्छु भन्ने सोच लिएर आएकी थिएँ तर स्नातकोत्तर गरेपछि म चीन फर्किने सम्भावना देखिरहेकी छु,’ तिएले भनिन् । 
 

साइराक्युज विश्वविद्यालयमा समाजशास्त्रकी सहप्राध्यापक यिङयी माले अमेरिकामा चिनियाँ विद्यार्थीहरू अभूतपूर्व स्तरमा राजनीतिकरण तथा सीमान्तीकरणमा परेको बताइन् । वाशिङटनले एकदमै शत्रुतापूर्ण संकेत दिइरहेको उनको भनाइ छ । 

चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदा जनस्तरमा समेत असर परेको छ । हालै गरिएको एक सर्वेक्षणले ७३ प्रतिशत अमेरिकी वयस्कहरूमा चीनप्रति नकारात्मक धारणा रहेको पाइयो जुन ऐतिहासिक रूपमै उच्च हो । 

‘अमेरिका हामीलाई निकाल्न चाहन्छ, चीन हामीलाई फर्कन दिँदैन, घरको न घाटको भइयो,’ तिए भन्छिन् । 

अमेरिकामा पढिरहेका अन्य चिनियाँ विद्यार्थीको सोच पनि यस्तै किसिमको छ । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x