×

NMB BANK
NIC ASIA

टिकटकपछि अरू केमा प्रतिबन्ध लगाउलान् ट्रम्पले ?

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा टिकटकको समय पूरा हुन लागेको जस्तो देखिन्छ किनकि राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य वरिष्ठ अधिकारीहरू यसमाथि तत्कालै प्रतिबन्ध लगाउने पक्षमा छन् । 

Muktinath Bank

तर चीनको स्वामित्वमा रहेका अन्य याप र सफ्टवेयर सर्भिसलाई पनि तारो बनाइन सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले केही एसियाली मुलुकका प्रविधि कम्पनीहरूले सीधै चिनियाँ कम्युनिस्ट पार्टीलाई डेटा बुझाइरहेको बताए ।
 


Advertisment
Nabil box
Kumari

त्यसोभए अन्य कुन याप जोखिममा छन् त ?

Vianet communication
Laxmi Bank

सबभन्दा पहिलो तारो त टेनसेन्ट कम्पनीको वीच्याट हो । पोम्पेओले टिकटकसँग वीच्याटको पनि नाम लिए । 
 

वीच्याटलाई सामाजिक सञ्जाल भन्ने गरिन्छ तर यो त्यसभन्दा बढी हो । यसबाट पैसा भुक्तानी गर्न मिल्छ, थप ससाना प्रोग्राम चलाउन मिल्छ, मिति खोज्न मिल्छ, समाचार हेर्न मिल्छ अनि मेसेज पठाउन तथा अन्य सामाजिक क्रियाकलाप गर्न मिल्छ । 

चीनको आन्तरिक निगरानी साधनको महत्त्वपूर्ण प्रविधिका रूपमा पनि यसलाई हेर्ने गरिएको छ । हल्ला फैलाउने आरोप लागेका स्थानीय प्रयोगकर्ताहरूलाई वीच्याटमा फेसियल स्क्यान र भोइस प्रिन्ट गर्न लगाउँछ । 

यसका साथै चीनबाहिर बस्ने चिनियाँहरूलाई प्रोपागान्डा फैलाउनका लागि वीच्याटको उपयोग चिनियाँ कम्युनिस्ट पार्टीले गर्ने गरेको आरोप पनि छ । 

क्यानडाको सिटिजन ल्याबका सुरक्षा अनुसन्धाताहरूले हालै गरेको अध्ययनमा चीनबाहिर बस्ने प्रयोगकर्ताहरूको वीच्याटमा राजनीतिक रूपमा संवेदनशील सामग्रीहरूमाथि चिनियाँ अधिकारीहरूले निगरानी गर्ने गरेका छन् । कुनै सामग्री ब्लक गरेको विषयमा उनीहरूले केही भेटेनन् तर संकलन गरिएको डेटालाई चीनभित्र सेन्सरशिपलाई थप बलियो बनाउन उपयोग गरियो । 
 

टेनसेन्टले चाहिँ वीच्याटका अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूमाझ शेयर गरिने सामग्री निजी रहने बताएको छ ।

पोम्पेओले फेसियल रिकोग्निसन प्याटर्न संकलन गर्ने सफ्टवेयर पनि चिन्ताको विषय भएको बताए । 

उनले कुनै उत्पादनको नाम लिएनन् तर धेरै चिनियाँ कम्पनीहरूले यस्ता उत्पादन निकाल्ने गरेका छन् । 

सामाजिक सञ्जाल क्वाइ र ब्यूटी याप यूक्याम दुवैले फेसियल रिग्निसन आल्गोरिदम उपयोग गर्ने गरेका छन् । 

विगत एक वर्षमा ट्रम्प प्रशासनले दर्जनौं चिनियाँ कम्पनीहरूलाई आर्थिक कालोसूचीमा राखेको छ । ती कम्पनीहरूले सरकारको स्वीकृति विना अमेरिकी प्रविधि किन्न पाउँदैनन् । 

चीनले अमेरिकाको यस कदमको कडा आलोचना गरेको छ । 

‘हामी अमेरिकालाई गल्ती सच्याउन आग्रह गर्छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ताले त्यतिखेर भनेका थिए । 

भिडियो च्याट सर्भिस जूमले पनि चिन्ता दिएको देखिन्छ । 

चीनमा जन्मेका व्यवसायी एरिक युआनले जूम बनाएका हुन् । यसले कतिपय कलहरू चीनमा भएका कम्प्युटर सर्भर हुँदै लगेको अनि चिनियाँ सरकारको विरोध गर्ने कार्यक्रम चलाएका कतिपय अकाउन्ट बन्द गरिदिएको आरोप छ । 

कम्पनीले आफ्नो सेवा चीनमा रहेका प्रयोगकर्ताहरूलाई सीधै नदिएर स्थानीय साझेदार मार्फत दिने घोषणा गरेको छ । 

यसबाट उसले आफू चीन सरकारप्रति बफादार नरहेको देखाउन खोजेको छ । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x