ओलीसँग छलफल अघि वामदेवलाई भेट्न प्रचण्ड भैँसेपाटीमा

पार्टीभित्र विवाद गहिरिएको समयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । 

गौतमलाई भेट्न प्रचण्ड मंगलवार बिहान गौतमको निवास भैँसेपाटी पुगेका हुन् । 


Advertisement

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएका निरन्तरका वार्ता निष्कर्षविहीन बनेको समयमा प्रचण्डले गौतमसँग भेटवार्ता गरेका हुन् ।

ओली र प्रचण्डबीच आइतवार र सोमवार छलफल भएको थियो भने मंगलवार पनि भेट्ने तयारी छ । 


Advertisement

नेकपा विवाद समाधानका लागि उपाध्यक्ष गौतमले साउन १३ गते सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलाई लिएर पार्टीका विभिन्न तहमा छलफल भइरहेको छ । गौतमले प्रतिनिधि सभाको कार्यकालभरी ओली नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने गरी प्रस्ताव गरेका थिए । 

गौतमको प्रस्तावमा प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्ष दिन प्रस्ताव गरिएको थियो । गौतमले सो प्रस्ताव राखेलगत्तै साउन १३ गते ओली पनि गौतमलाई भेटन भैँसेपाटी पुगेका थिए ।

नेकपा एकता बचाइराख्न भन्दै गौतमले अगाडि सारेको प्रस्तावमा पूर्व माओवादी खेमाका ११ जना स्थायी कमिटी सदस्यको समर्थन रहेको स्थायी कमिटी सदस्य मणि थापाले बताएका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्