अमेरिकाले सबै चिनियाँ पत्रकारलाई देशनिकाला गरेमा बदला लिने हु सिजिनको दाबी

अमेरिकाले अहिले तनाव चलिरहेको बेलामा चिनियाँ पत्रकारहरूलाई निकालेछ भने चीनले बदला लिनका लागि योजना बनाइरहेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले बताएका छन् । 

हङकङमा रहेका अमेरिकी पत्रकारहरूलाई निकालेर प्रतिशोध लिने उनले मंगलवार बताए । 


Advertisement

‘मैले थाहा पाएसम्म अमेरिकी पक्षले चिनियाँ पत्रकारहरूको प्रवेशाज्ञा नवीकरण गरेको छैन । अमेरिकामा रहेका सबै चिनियाँ पत्रकारहरू निस्कन पर्ने खराब परिस्थिति आउन सक्छ । त्यसो भयो भने चिनियाँ पक्षले प्रतिकार गर्छ,

हङकङमा रहेका अमेरिकी पत्रकारलाई समेत तारो बनाउन सकिन्छ,’ हुले ट्विटरमा लेखे । 


Advertisement

चीनको परराष्ट्र मन्त्रालयले मार्च महिनामा अमेरिकाका प्रमुख पत्रिका न्युयोर्क टाइम्स, वाल स्ट्रीट जर्नल र वाशिङटन पोस्टका पत्रकारलाई प्रेस कार्ड बुझाउन भनेको थियो । अमेरिकाले आफ्नो भूमिमा चिनियाँ पत्रकारको संख्या घटाउन खोजेपछि चीनले यस्तो कदम चालेको थियो । 

फेब्रुअरी महिनामा वाशिङटनले विभिन्न चिनियाँ सरकारी मिडियालाई फरेन मिसनको दर्जा दिएको थियो जसकारण लगभग ६० जना चिनियाँ संवाददाता निस्कन बाध्य भएका थिए । वाशिङटनले देशका मिडियालाई आफ्ना सबै कर्मचारीको बारेमा अनि तिनको घरजग्गाका बारेमा जानकारी परराष्ट्र मन्त्रालयलाई खबर गर्नुपर्ने बताएको थियो । 


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्