अख्तियार पनि छिर्‍यो कोरोना, १५ जनामा संक्रमण पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अख्तियारमा कार्यरत एक प्रहरीमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।


Advertisement

परीक्षणका क्रममा १५ जनामा संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जानकारी दियो ।

गत आइतवार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । परीक्षणको नतिजा मंगलवार आएको हो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्