×

NMB BANK
NIC ASIA

'उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्रमा फिट हुने आणविक हतियार बनाइसक्यो'

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाले आफ्ना ब्यालिस्टिक क्षेप्यास्त्रहरूमा फिट हुने साना आणविक वारहेडहरू विकसित गरिसकेको हुनसक्ने संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले चेतावनी दिएको छ । 

Muktinath Bank

विभिन्न देशका सुरक्षा सेवाहरूले राष्ट्रसंघको सुरक्षा परिषद्लाई उत्तर कोरिया प्राविधिक अवरोधलाई पन्छाउन सफल भइसकेको हुनसक्ने बताएका छन् । लामो दूरीको आणविक हतियार विकसित गर्नेतर्फको यो एक महत्त्वपूर्ण चरण हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किम जोङ उन र डोनल्ड ट्रम्पबीच आणविक परिक्षण रोक्ने सम्झौता भए पनि उत्तर कोरियाले आणविक क्षमता बढाइरहेको ती देशहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

उत्तर कोरियाले सन् २०१७ पछि आणविक डिभाइस वा लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छैन । त्यतिखेर उसले आणविक बमको दौड अन्त्य भएको घोषणा गरेको थियो तर अन्तर्राष्ट्रिय समुदायले पत्याएको थिएन । 

Vianet communication
Laxmi Bank

त्यही वर्ष किमले ह्वासोङ–१५ नामक अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षण पनि गरेका थिए । त्यो क्षेप्यास्त्र अमेरिकी मुख्यभूमिसम्म पुग्छ । 

उत्तरले आफ्नो भूमिगत परीक्षण स्थलबाट थर्मोन्युक्लीयर बम पनि परीक्षण गरिसकेको विश्वास गरिन्छ । त्यो अत्यन्त शक्तिशाली भएकाले त्यसभन्दा माथिको पहाड अलिकति धस्किएको थियो । 

त्यतिखेर विज्ञहरूले बमलाई सानो बनाउने प्रविधि मात्र किमलाई आवश्यक रहेको भनी चेतावनी दिएका थिए । त्यसपछि उनले अमेरिकालाई समेत जोखिममा पार्ने गरी लक्ष्यमै पुग्ने हतियार विकसित गर्ने उनीहरूले बताएका थिए ।

संयुक्त राष्ट्रसंघसमक्ष बुझाइएको अन्तरिम प्रतिवेदन रोयटर्स समाचार संस्थाले हेरेको छ । सोमवार उक्त प्रतिवेदन सुरक्षा परिषद्को उत्तर कोरिया प्रतिबन्ध समितिसमक्ष बुझाइएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x