×

NMB BANK
NIC ASIA

अमेरिका छोडेर विदेशतिर बसाइँ सर्दै काला जातिका मानिस

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डिमेट्रिया ब्राउनले अमेरिकामा काला जातिका पुरुष जर्ज फ्लोयडलाई गोरा प्रहरी अधिकारीले घुँडाले थिच्दा सास फेर्न नसकेको भन्दै जीवनका लागि भिक्षा मागेको भिडियो हेरिन् । भिडियो हेर्दै जाँदा उनी रोइरहिन् । 

Sagarmatha Cement
Muktinath Bank

जुन १ मा फ्लोयडको मृत्युको एक हप्तापछि उनले लस एन्जलस काउन्टी प्रोबेसन डिपार्टमेन्टमा डिटेन्सन अफिसरको जागिर त्यागिन् । कोरोनाभाइरस महामारी चलिरहेको बेलामा उनले घर बेचिन्, आफ्ना सिरिसम्पत्ति १३ वटा ठूला झोलामा राखिन् र मेक्सिकोको पुएर्तो भायार्तामा बसाइँ सरिन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जातिवाद तथा प्रहरीको ज्यादतीका डरले स्थायी रूपमा अमेरिका छोडेर हिँड्ने अनेकौं काला जातिका अमेरिकीहरूमध्ये ब्राउन पनि एक हुन् । फ्लोयड मारिएको एक महिनापछि उनी जुन २५ मा नयाँ घर पुगिन् । 


Advertisment
Nabil box
Kumari

त्यो भिडियो हेर्दा मेरो मुटु छियाछिया भयो । त्यसले मलाई अमेरिकाबाट स्थायी रूपमा बाहिरिएपछि मात्र मेरो जीवन सफल हुन्छ भन्ने सोचलाई पुष्टि गरिदियो,’ ब्राउन भन्छिन् । 

Vianet communication
Laxmi Bank

काला जातिका मानिस अमेरिकाबाट बाहिर जान थालेको निकै वर्ष भइसकेको छ र यसलाई ब्ल्याक्जिट भन्ने नाम दिइएको छ । फ्लोयडको मृत्युपछि जातिवादको इतिहासलाई सामना गर्ने क्रममा ब्ल्याक्जिटको बहस फेरि हुन थालेको छ । 

कतिजना काला जातिका मानिसले देश छोडे भन्ने विषयमा कुनै आधिकारिक आँकडा उपलब्ध नभए पनि अफ्रिकी र क्यारिबियाली मुलुकहरूमा काला जातिका अमेरिकीहरू बसाइँ सरेर गएको कुरा सामाजिक सञ्जाल चहार्दा थाहा हुन्छ । ती देशहरूमा आफू बढी सुरक्षित अनुभव गर्ने उनीहरूको भनाइ छ । 
 

ब्राउनका लागि जातिवादको डरत्रास विनाको जीवन बाँच्न १२ सय माइल टाढाको रिजोर्ट टाउनमा बस्नु नै उत्तम विकल्प हो भन्ने लाग्यो । 

उनले बसाइँ सर्नुअघि धेरैपटक मेक्सिको भ्रमण गरिन् । त्यहाँ अहिले १५ लाख जति अमेरिकीहरू बस्ने अनुमान गरिन्छ । अमेरिकामा जन्मेका अनि मेक्सिकन आमाबुवासँग फर्केका बालबालिका, अमेरिकाका सेवानिवृत्त अधिकारी र डिजिटल क्षेत्रका घुमन्तेहरू त्यसभित्र पर्छन् । 

बसाइँ सर्ने काम जिन्दगीकै सबभन्दा राम्रो निर्णय भएको ब्राउन बताउँछिन् । मेक्सिको आफैंमा पर्फेक्ट नभए पनि त्यहाँ आफूले जातीय विभेद नबेहोरेको उनको भनाइ छ । 

‘उनीहरू मलाई व्यक्तिका रूपमा व्यवहार गर्छन् । मेरो छालाको रंगले मलाई यहाँ फाइदै दिएको छ र म प्रहरीसँग डराउनुपर्दैन । बन्दूक बोकेका प्रहरी अधिकारीहरू पुएर्तो भायार्तामा हिँड्दा मुस्कुराउँछन् र हात हल्लाउँछन् । कुनै डर छैन ।’
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x