थप २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको जानकारी दिए ।


Advertisement

देशभर हालसम्म १५ हजार २६ जना डिस्चार्ज भइसकेका प्रवक्ता गौतमले बताए । उनका अनुसार रौतहट, महोत्तरी र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ जिल्ला संक्रमणशून्य रहेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्