ओली-प्रचण्डबीचको बालुवाटार छलफल सकियो

फाइल फोटो।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार साँझ भएको छलफल सकिएको छ। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुबै अध्यक्षबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।


Advertisement

मंगलबारको बैठकबाट ठोस निस्कर्ष भने निस्किएन। नेताहरूले स्थायी कमिटी बैठक राख्न प्रस्ताव गरेपनि ओली राजी भएनन्।  ओलीले स्थायी कमिटीको बैठक राख्ने विषयमा सहमति नजनाएपछि बैठक छलफल टुंगिएको हो।

​प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ राखेर तीन दिनदेखि हरेक दिन छलफल भइरहेको छ। नेताहरुबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन।


Advertisement

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन ।

ओलीसँगको भेटवार्ताअघि प्रचण्डले मंगलवार बिहान उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका थिए । नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्