×

NMB BANK
NIC ASIA

कोभिडमा लापरवाही बढ्यो: अब अटेर गरेमा जरिवाना हाेइन, सीधै‌ं कैद

साउन २०, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ।

Muktinath Bank

तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ,' काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने। 


Advertisment
Nabil box
Kumari

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पु-याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । 

Vianet communication
Laxmi Bank

मंगलबार मात्रै मुलुकभर २५९ जनाका कोभिड-१९ देखियो । त्यसमा उपत्यकाको मात्रै ६२ जना छन्। दैनिक जसो नै काठमाडौँमा सङ्क्रमण देखिन थालेको छ। उपत्यकाको नाका प्रवेश गर्नेहरुको परीक्षणमा बढी सङ्क्रमण देखिएको छ।

अहिलेसम्म मुलुकमा भयावह भइसकेको छैन तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको स्थिति प्रष्ट छ। 

पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ। मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ। काठमाडौँ प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ।

अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन। नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन्। सामान्य रुघाखोकी जसरी मानिसले कोभिड-१९ लाई हेलचक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताए। उनले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताए। अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ। 

सङ्क्रामक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग नेपालभर वा त्यसको कुनै भागमा रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यसको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ। ऐनमा सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ।

निर्मूल गर्न वा रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था पनि छ।

ऐनमा सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशुपंक्षी वा यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।  

सोही व्यवस्थाअनुसार सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो। झण्डै चार महिनापछि साउन ५ गतेदेखि सरकारले बन्दाबन्दी हटाएको थियो।

बन्दाबन्दीको अन्त्य भएको जानकारी गराउँदै गर्दा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जोखिम घटेर नभई दैनिक जनजीवन सामान्य पार्नका लागि मात्रै बन्दाबन्दी हटाएको बताए।

अहिले सरकारले जनजीवनलाई सामान्यीकरण गर्दा त्यसको दुरुपयोग बढ्दै गएको पाइएको छ। त्यसैले अहिले उपत्यकालगायत केही स्थानमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आफूबाहेक अरु सबै कोभिड–१९का बिरामी हुन् भन्ने सोचेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाए यसबाट जोगिन सक्ने बताउनुहुन्छ । अफिस मै काम गर्दा पनि मापदण्ड अनुशरण गर्नुपर्छ।

एकै कोठामा धेरै मानिस नबस्ने, टेबल टाढाटाढा राख्ने, अफिसमा बसिरहेका बेला मास्क अनिवार्य लगाउने, कम जनशक्ति प्रयोग गर्ने, नियमित साबुन पानीले हात धोइराख्ने, आवश्यक सरसफाइ गर्ने सेनिटाइजर लगाउनेजस्ता स्वास्थ्य मापदण्डका काम छाड्न नहुने चिकित्सको सुझाव छ। 

प्रजिअ दाहाल केही दिनदेखि उपत्यकामा सङ्क्रमण देखिन थालेकाले प्रशासनको तर्फबाट उपत्यकामा कडाइ गरिएको बताउँछन्। उनका अनुसार पास प्रणालीमा थप कडाइ गरी अत्यावश्यकलाई मात्रै प्रवेश दिइएको छ। रातिमा प्रवेश रोकिएको छ। मास्क नलगाउनेलाई कारवाही गर्न थालिएको छ। 

प्रहरीमार्फत माईकिङ गरेर सचेतनामूलक प्रचारप्रसार गर्न थालिएको छ। जात्रा पर्व नगर्र्न अनुरोध गरिएको छ तर पनि मानिसको हेपाहा प्रवृत्ति कायमै छ।

अनुगमनमा डिपार्टमेन्टल स्टोर्समा समेत सुरक्षा मापदण्ड नअपनाएकाले प्रशासनले मापदण्ड पूरा नगर्नेलाई बन्द गर्ने योजना बनाइएको छ। भाटभटेनीमा अनुगमन गर्दा पनि मापदण्ड पूरा गरेको देखिएन।

'कोभिड सकियो भन्ने ढङ्गले आवागमन र व्यापार व्यवसाय गरेको देखियो, सबैले के बुझ्नु पु-यो भने कोभिड हाम्रो अगाडि छ, सबैलाई दुःख दिइरहेको छ,' प्रजिअ दाहालले थपे, 'प्रशासनले कारवाही गरेन भनेर खुसी नहुनुस्, कोभिडले कारवाही गर्न सक्छ।'

स्वास्थ्य विज्ञका अनुसार भौतिक (सामाजिक) दूरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउनु नै त्यसको अचुक उपाय हो।

पछिल्लो समयमा उपत्यकामा प्रहरीसहित स्थानीयलाई कोभिड–१९ देखिन थालेकाले अहिले उपत्यका भित्रिने नाकामा समेत थप कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले बताए। प्रहरीको आँखा छलेर भित्रिने क्रम भने रोकिएको छैन। नाकामा गाडीमा ओर्लिएर पैदल हिँड्न र नाका कटेपछि पुनः गाडी चढेर जाने यात्रुको सङ्ख्या बढी देखिएको छ।

मंगलबार दिउँसो सयौँ मानिस त्यसैगरी नागढुङ्गा नाका पार गरिरहेका देखिन्थ्यो।-नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x