×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको जोखिम, भीडभाडमा मनाइयो गाईजात्रा

साउन २०, २०७७

NTC
Sarbottam
गाईजात्राका दिन मङ्गलबार भक्तपुरको मध्यपुर थिमिमा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा । तस्वीर : रत्न श्रेष्ठ/रासस
Premier Steels
Marvel

प्रत्येक वर्ष भाद्र कृष्ण पक्षमा मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो, भक्तपुर। यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका मात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन्।     भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्ने गर्दछ। 

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष गाईजात्रा पर्व विगत जस्तो उत्सवमय हुन पाएन। तर पनि आज मनाइएको भक्तपुरको गाईजात्रा पर्वमा ठूलै भीडभाड देखिएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस सङ्क्रमण रोक्न भीडभाड नगरी सामान्य रुपमा औपचारिकतामा मात्रै गाईजात्रा मनाउन नगरपालिकाले आह्वान गरे पनि ठूलै भीडभाड देखिएको थियो। मंगलबार बिहान भक्तपुरमा निकै भीडभाड र बाक्लो उपस्थितिमा गाईजात्रा पर्व मनाइयो भने साँझ पनि उस्तै ठूलो भीडमा गाईजात्रा मनाइएको छ। दिउँसो भने विगत वर्षका तुलनामा केही कम मात्रै मानिसको उपस्थिति रहेको थियो। घिन्ताङ्घिसी नाचका साथै माक प्याख नाच, अन्य विभिन्न नाच र व्यङ्ग पनि प्रस्तुत गरिएको थियो। 


Advertisment
Nabil box
Kumari

गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छ भने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन्। साथै मानिसलाई विभिन्न रुपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ। 

Vianet communication
Laxmi Bank

यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छ। गाईजात्राको दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो। मंगलबार र बुधबार पनि गाईजात्रामा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने परम्परा छ । 

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरामा प्रायः नेवारी समुदायले मनाउने गर्दछन्। यस वर्ष कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले भीडभाड गरेर जात्रा–पर्व नमनाउन सबै जन समुदायलाई अपिल गरेको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x