टुटफुट जनतालाई स्वीकार्य हुँदैनः नेकपा प्रमुख सचेतक गुरुङ

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मिहिनेत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने जिकिर गरेका छन्।

लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटीले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए। 
 
आन्तरिक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरे।


Advertisement

नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चहलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए। नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्