यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

प्रतिकात्मक तस्वीर

आगामी २४ घण्टाभित्र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ ।

बुधवार बिहानै मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बाढी र डुबानको खतराबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Advertisement

‘ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ ।

देशका अन्य केही स्थानमा समेत मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Advertisement

मनसुनी  न्युन  चापीय  रेखा  हाल नेपालभन्दा दक्षिणतर्फ रहेको जनाउँदै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी ३ दिनसम्मै रहेको महाशाखाले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्