×

NMB BANK
NIC ASIA

लेबननको बेरुतमा विशाल विस्फोट, ७८ जनाको मृत्यु (भिडियो)

साउन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मंगलवार राति लेबननको राजधानी बेरुतमा दुईवटा विशाल विस्फोट हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने हजारौं मानिस घाइते भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विस्फोटले निकै ठूलो क्षति पुगेको छ । बन्दरगाहमा भएको विस्फोटको असरले निकै टाढाका भवनहरू पनि भत्किएका छन् । आर्थिक पतनको संघारमा पुगेको लेबननलाई विस्फोटले थप आहत बनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेबननका प्रधानमन्त्री हसन दियाबले २७ सय टनको अम्मोनियम नाइट्रेट विस्फोट भएको बताए । उक्त पदार्थ रासायनिक मलमा उपयोग गरिन्छ र सुरुङ विस्फोट गराउन पनि प्रयोग हुन्छ । 


Advertisment
Nabil box
Kumari

विस्फोटमा परी मारिएकाहरूको सम्झनामा प्रधानमन्त्री दियाबले राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् । 

Vianet communication
Laxmi Bank

विस्फोट भएको गोदामका विषयमा सन् २०१४ देखि नै चेतावनी दिँदै आएको अधिकारीहरूले बताएका छन् । 

प्रधानमन्त्रीले गोदामका विषयमा तथ्य उजागर गर्ने बताए तर विस्तृत विवरण दिएनन् । 

कोरोनाभाइरस संकटका कारण भरिभराउ अस्पतालहरूमा विस्फोटका घाइते समेत थपिँदा खुट्टा राख्ने ठाउँ छैन । रक्तदान गर्न तथा विद्युत् प्रवाह कायम राख्न जेनेरेटर चलाउन पुकारा गरिएका छन् । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बेरुतमा डरलाग्दो आक्रमण भएको हुन सक्ने बताए । तर यो आक्रमण नभएको लेबनानी अधिकारीहरूको भनाइ छ । 

लेबननको सुप्रिल डिफेन्स काउन्सिलले बेरुतलाई विपद्ग्रस्त शहर घोषणा गर्न, दुई हप्ताको स.कटकाल लगाउन तथा सुरक्षाको जिम्मेवारी सेनालाई सुम्पिन सिफारिश गरेको छ । 

टेलिभिजनबाट प्रसारित बयानमा राष्ट्रपति मिसेल आयोनले सन् २०२० को बजेटबाट १०० अर्ब लेबननी पाउन्ड छुट्ट्याएको बताइएको छ । 

विस्फोटका कारण सास फेर्न नै खतरनाक स्थिति रहेको भनी स्थानीयहरू त्रस्त छन् । बेरुतमा रहेको अमेरिकी दूतावासले मानिसहरूलाई मास्क लगाउन र घरैभित्र बस्न सल्लाह दिँदै बयान जारी गरेको छ । 

बेरुत विश्वविद्यालयको एयरोसोल रिसर्च ल्याबको इन्डिकेटरमा हावाको गुणस्तर बेलुका ७ बजेसम्म राम्रो भइसकेको जनायो । 

विभिन्न देशहरूले लेबननलाई सहायता सामग्री पठाउन थालेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x