के चन्द्रमामा एलियनको अस्तित्व देखिएकै हाे त ?

चन्द्रमामा एलियनहरूको अस्तित्व छ कि छैन भन्ने विषयमा संसारभरिका वैज्ञानिकहरूबीच अहिलेसम्म मतभेद छ । 

ट्विटरमा अहिले भाइरल भइरहेको एक भिडियो हेर्दा चन्द्रमामा एलियनहरू बस्छन् कि भन्ने अनुभूति हुन्छ ।


Advertisement

फिजिक्स–एस्ट्रोनोमी नामक ट्विटर ह्यान्डलबाट पोस्ट गरिएको १ मिनेटको भिडियो क्यानडाको क्युबेक शहरमा सिकारु साइन्स फोटोग्राफरले खिचेका हुन् । 

भिडियोमा चन्द्रमाको उत्तरपूर्वी भागबाट दुईवटा अनौठा वस्तु निस्केको देखिन्छ । 


Advertisement

ती वस्तुहरू उज्यालोबाट अँध्यारोतर्फ जाँदा तीमध्ये एकको छायाँ सतहमा देखिन्छ भने अर्कोको देखिँदैन । 

त्यसपछि चन्द्रमाको सतहमा उज्यालो भागमा दुवै वस्तुको छायाँ देखिन्छ । 

यी अनौठा वस्तुहरू अँध्यारोतर्फ जाँदा चम्किलो सेतो रंग देखिन्छ । 

अँध्यारो भागतिर आउँदा तीनवटा वस्तु रहेछन् भन्ने थाहा हुन्छ । त्यसपछि यी तीनै अँध्यारोमा हराउँछन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्