×

NMB BANK
NIC ASIA

समुदायमा खतराको घण्टी : गाउँशहरमा कोरोना संक्रमण, खुला सीमाबाट बेपर्वाह आवतजावत

साउन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको समुदायबाट संकलन गरिएको १३३ नमूना स्वाबमध्ये मंगलवार ५ जनाको पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आयो । संक्रमण देखिएका सबै समुदायबाट संकलन गरिएको नमूना बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गरिएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

संक्रमितहरू कृष्णनगर–२ का २१ र २५ वर्षीय युवा, वडा नम्बर ८ का १२ र ६ वर्षीय बालक र वडा नम्बर ११ का ४० वर्षीय पुरुष हुन् । संक्रमितको कुनै यात्रा विवरण छैन । संक्रमितको स्वाब ‘रेन्डम स्याम्पलिङ मेथड’द्वारा संकलन गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आइतवार बुटवलको हाटबजार लाइनस्थित शपिङ कम्पलेक्समा व्यापार गर्ने २ जनामा कोभिड–१९ पोजेटिभ देखियो । आइसोलेसनमा राख्न खोज्दा संक्रमण पुष्टि भएकाहरू लुके । संक्रमितलाई प्रशासनले हालसम्म भेट्टाउन सकेको छैन । संक्रमित समुदायमै लुकेपछि रूपन्देहीमा त्रास बढेको छ । भारतीय बजार नौतुनवा घर भएका ती २ व्यापारी लकडाउनमा कसरी नेपाल आए भन्नेबारे प्रशासन समेत बेखबर छ ।


Advertisment
Nabil box
Kumari

लकडाउन हुँदा समेत ती व्यक्तिहरूले गाडी लिएर बुटवल आवतजावत गर्ने गरेको हाटबजार व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष भीमलाल ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हामीलाई नगरपालिकाले कडाइ गर्थ्यो तर उनीहरू वैशाख तेस्रो हप्ता कोरोनाका बिरामी धेरै नभेटिँदासम्म उनीहरू आवतजावत गरिरहन्थे । सीमा सिल थियो कसरी आउँथे कसरी जान्थे ? हामी अचम्ममा पर्थ्यौं ।’

Vianet communication
Laxmi Bank

मंगलवार नै रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण देखियो । रुघाखोकी र ज्वरो आएपछि बिदामा बसेकी उनलाई शंका लागेर पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख खत्रीले बताए । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका २२ वर्षीय युवामा पनि शंका लागेर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले बताए । 

यी हुन् समुदायमै रहेका बेला फेला परेका केही कोरोना संक्रमितहरू । लकडाउन अन्त्य हुनुअघि कोरोना संक्रमित बिरामी घट्दै गएकोमा पछिल्लो समय त्यो संख्या पुनः पुरानै लयमा फर्किएको छ । पछिल्लो समय लक्षण सहितका बिरामी देखा पर्न थालेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. सागर न्यौपाने अहिलेको भीडभाडले अवस्था नियन्त्रण बाहिर जाने खतरा देख्छन् । उनी भन्छन्, ‘समुदायमा अहिले लक्षण सहितका बिरामी देखिन थालेका छन् । अब कन्ट्रोल नगर्ने हो भने अवस्था नियन्त्रण बाहिर जान्छ । नेपालको हालत युरोपको जस्तो नहोला भन्न सकिन्न ।’
 
लकडाउन अन्त्यसँगै खासगरी भारतसँग सीमा जोडिएका जिल्लामा कोरोनाको संक्रमण बढेको छ । भारतबाट बेपर्वाह नेपाल आवतजावत बढेको छ । मंगलवार नेपाल–भारत सुनौली नाकाबाट २२७ जना नेपाल प्रवेश गरेका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियामा इन्चार्ज प्रहरी निरीक्षक ईश्वरी भट्टराईले बाहिर हल्ला आएजस्तो सीमा खुला नभएको बताए । ‘लकडाउन शुरू हुँदादेखि हालसम्म नै उस्तै कडाइ छ । भन्सारका केही कर्मचारीहरू परिचयपत्र बनाएर नेपाली भन्सारमा आए पनि अन्य सबै नेपाल आउनेहरूको नाम र रेकर्ड हामीसँग छ । खुला सिमानामा लुकीछिपी छिर्छन् अनि कहाँबाट आइस् भनेर सोधपुछ गर्दा सुनौली भन्ने गरेर बदनाम गराइन्छ ।’

भारतबाट सीमा नाका हुँदै नेपाल आउने नेपालीलाई नाकाबाट नेपाली सेनाले होल्डिङ सेन्टरमा राख्छ । त्यसपछि सम्बन्धित जिल्लामा सम्पर्क गरी पठाउने गरिएको छ ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x