राम मन्दिरका लागि ज्यान बलिदान दिने कारसेवकहरूको कथा

सन् २००२ मा गुजरातको आनन्द जिल्लाबाट १८ महिला सहित २४ जना कारसेवकका रूपमा अयोध्या गएका थिए । 

तीमध्ये ६ महिलालाई फेब्रुअरी महिनामा गोधरा रेलवे स्टेसन पुगेको साबरमती एक्सप्रेसको एस–६ कोचमा मारिएको थियो । 


Advertisement

जयन्तीभाइ पटेलकी ५६ वर्षीया आमा चम्पाबेन पनि त्यस घटनामा मारिएकी थिइन् । 

चम्पाबेन आफ्नी नन्दका साथ अयोध्याबाट फर्किरहेकी थिइन् । उनीहरू बसेको कोचमा आगो लाग्दा आफूले भाउजुको हात समातेको नन्द बताउँछिन् । उनी आफ्नो नाम खुलाउन चाहँदिनन् । 


Advertisement

‘पछि भाउजुको हात छुट्यो । म झ्यालबाट हाम्फालेर भाग्न सफल भएँ,’ उनी भन्छिन् । 

रेलमा आगो लगाइएको उक्त घटनामा ५९ यात्रुको मृत्यु भएको थियो । त्यसपछि गुजरातमा भड्केको साम्प्रदायिक हिंसामा परी लगभग १२ सयजनाको मृत्यु भयो । तीमध्ये अधिकांश मुसलमान थिए । 

‘मानिसको मृत्यु भएकोमा कसैलाई कुनै घृणाभाव छैन । भगवान श्रीरामका लागि बलिदान गरेको हामी मान्छौं । अहिले राम मन्दिर बन्दा म एकदम खुशी छु । महामारी नभएको भए मेरो खुशी दुईगुणा बढ्ने थियो,’ जयन्तीभाइकी फुपू भन्छिन् । 

अयोध्यामा भूमिपूजनको अवसरमा बुधवार आफूले दियो बाल्ने उनले बताइन् । 
 

जयन्तीभाइ कृषक हुन् र बुधवार अयोध्यामा नभएकोमा पश्चात्ताप नलागेको बताउँछन् । ‘कोरोनाभाइरस नभएको भए पनि सबैजनालाई त्यहाँ अटाउन गाह्रो नै हुन्थ्यो ।’ 

कोरोना सकिएपछि म एकदिन अवश्य अयोध्या पुग्छु । दुई छोराका साथ म श्रीरामको दर्शन गर्छु,’ वडनगरका नवीनचन्द्र ब्रह्मभट्ट भन्छन् । उनकी पत्नी नीरुबेन अयोध्याबाट फर्किँदा रेलमा गरिएको आगजनीमा परी बितेकी थिइन् । 

विश्व हिन्दू परिषद्का पूर्वनेता नीरज जैन भन्छन्, ‘म अयोध्यामा सन् १९९० र १९९२ मा पुगेको थिएँ । हिन्दूहरूले मन्दिर बनाउनका लागि चालेको ऐतिहासिक कदममा साथ दिन म त्यहाँ पुगेको थिएँ । हामी सबैले एउटा एउटा ढुंगा समात्यौं र बाबरी मस्जिद ध्वस्त पार्‍यौं ।’

जैन अहिले हिन्दू जागरण मञ्चका अध्यक्ष हुन् र मन्दिर निर्माण पूरा भएपछि श्रीरामलाई आइसक्रीम र लालमोहन चढाउने बताउँछन् । राम मन्दिर नबनुन्जेल आफूले यी दुई गुलिया कुरा त्याग्ने प्रतिज्ञा गरेको उनी सुनाउँछन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्