पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक [भिडियोसहित]

लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ ।

तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेका बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।


Advertisement

‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको छ । 


Advertisement

उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैंले गरेका छन् ।

नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा बिसी, वविन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड छन् ।

यसअघि  गायक शर्मा र गायिका न्यौपानेको  ‘झमझम दर्कियो पानी’ बोलको गीतले चर्चा कमाएको थियो। 

भिडियो लिंक:

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्